२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा जोगबुढाका स्थानीय ज्यानै जोखिममा राखेर भत्ता बुझ्‍न आउँदै

२०७४, २७ श्रावण शुक्रबार १५:५९

साउन २७, डडेल्धुरा । प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील रंगुन नदी । जहाँ बर्सेनि ७/८ जनाको बाढीकै कारण मृत्यु हुने गर्छ ।

हरेक वर्ष वर्षायाममा बाढी आउँदा नदी तर्ने गाउँलेहरु यसको सिकार हुने गर्दछन् । रंगुन नदीमा पुल निर्माणाधीन अवस्थामा रहेकाले यहाँ पुलबाट वारपार गर्न अझै २ वर्ष लाग्ने स्थानीयको अनुमान छ ।

डडेल्धुराको परशुराम नगरपालिकामा सर्वसाधारण ज्यान जोखिममा राखेर दैनिकी चलाइरहेका छन् । आफ्नो दैनिक काम काजको लागि जोखिम मोलेर रंगुन नदी तर्नुपर्ने जोगबुढाका स्थानीयलाई बाध्यता छ ।

परशुराम नगरपालिका ४ कि शान्ति राउटे आफ्नो ज्यानको बाजी लगाएर रंगुन नदी तरेर स्थानीय बजार जोगबुढा आइन् । उनी ‘राउटे भत्ता’ बुझ्नका लागि ज्यानको बाजी लगाएर जोगबुढा बजार आएकी हुन् ।

‘ट्युवबाट नदी पार गर्दा एक सय रुपैयाँ तिर्नु पर्छ’ शान्ति राउटेले भनिन्, ‘पैसा तिरेर पनि नदी तर्नु पर्ने बाध्यता छ ।’ त्यस्तै, सरकारी कामकाजका लागि पनि ज्यान जोखिममा राखेर नदी तर्नुपरेको स्थानीयको गुनासो छ ।

स्थानीय बैंकिङ कारोबार, व्यापार, अस्पताल, नागरिकता बनाउनसमेत नदी तरेर जोगबुढा आउने गरेको हाम्रा जोगबुढा सहकर्मी पत्रकार हर्क चन्दले बताएका छन् ।

नगरपालिकाको पपरिगाउँ, रज्यौडा, सिमलटा, कटाल, शिर्ष लगायतका स्थानीय बासीले ज्यान जोखिममा राखेर नदी तर्न पर्ने बाध्यता रहेको छ । ‘नदीमा पुल भएँ, १० मिनेटमा नदीपार भई सम्बन्धित ठाउँमा पुगिन्थ्यो’ तर पुल निर्माणधीन छ, त्यसैले जीवनको बाजी लगाएर ट्युबबाट नदी वारपार गर्नु परेको परशुराम नगरपालिका ५ कि गीता विकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस