साफेबगरलाई नयाँ शहरका रुपमा बिकास गर्न आफनो तर्फबाट लागि परौ

Posted on: 11 Aug, 2017


कमल रावल/साउन २७, अछाम । साफेबगरलाई नयाँ शहरका रुपमा बिकास गर्नका लागि आफनो तर्फबाट लागि पर्ने त्यस क्षेत्रका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । 

जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र भएकाले नयाँ शहरको रुपमा योजना नै अघि बढेले आगामि दिनमा सफा, सुन्दर, शान्त र लैगिंक विभेद रहीत नगर बनाउनका लागि लाग्ने सरोकारवालाले बताएका हुन । 

रेडियो रामारोशन अछामले साफेबगरलाई नयाँ शहर बनाउने योजना काहाँ पुग्यो भन्ने बिषयमा गरेको सुदुर सवाल कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले साच्चिकै सुन्दर शहर बनाउनका लागि के कस्ता पुर्वाधार आवश्यक पर्छन त्यसका विगत लामो समय देखि नै अभ्यास भईरहेको बताउनु भयो । 

शहरको बिकासका लागि प्रतिबद्धतामा भने जस्तो सोचे जस्तै शहर बनाउन लामो दिर्घकालिन योजनाका साथ हुने भएकाले कसैको ईच्छा चाहानाले नहुने बताएका थिए । 

अर्को प्रसगमा बोल्दै कुवरले समयमै काम सम्पन्न नभए, गुणस्तर नभए, सम्झौता नगरे बजेट फ्रिज भएमा सम्बन्धीत वडाबासि जिम्मेवार हुनुपर्ने बताए । साफेबगरमा ६ सय देखि ७ सय सम्म व्यावसायि भएपनी कर नै नतिरेको पाईएकोले समयमै अविलम्ब कर तिर्न आग्रह गरेका थिए । 

साफेको नालिको ब्यवस्थापनका लागि स्वयम घर मालिक जिम्मेवार नबनेको र छिपेखोलामा विना लालपुर्जा अतिक्रमण गरि घर बनि रहेकाले सबै क्षति भएमा नगरमा राहत लिने आउनेकी अतिक्रमण गर्नेलाई घर नै भत्काउने गरि जनताको सुझावमा अघि बढ्ने र आगामि दिनमा जनताको साथ मिलेमा विना लालपुर्जामा बनेका घर नै बिस्थापित गर्ने आफनो योजना रहेको जानकारी गराएका थिए । 

नयाँ शहर आयोजनाका ईञ्जीनियर गौरब कठायतले गएको आर्थिक बर्षमा आयोजना मार्फत साफेको एयरपोर्ट बजारमा ढुगा बिछ्याउने, नगरको ४ तले भवन अन्र्तगत यतिबेला सम्म २ तला सम्मको काम सकिएको, नगर भित्रका खानेपानी योजना निर्माण, जनकल्याण, बसपार्क, जिप पार्कमा प्रतिक्षालय, हाट बजार देखि फुलौटी डाडामा सडक निर्माण सुरु भईरहेको जानकारी गराएका थिए । आगामि दिनमा अझै राम्रो काम हुनका लागि सबैको साथ रहनु पर्नेमा जोड दिएका थिए । 


साफेबगर नगरपालिकाका ईञ्जीनियर पुर्ण कुवरले बिकास निर्माण पुरा भए सेवा सुविधा जनतालाई हुने भएकाले सबै क्षेत्रमा शहरी आयोजनाले समन्वय गरि अघि बढनु पर्ने बताउनु भयो । बुढिगगामा तटबन्ध बर्षेनि बग्ने भएकाले घर जोखिममा रहेकाले यसमा समयमा ध्यान दिनु पर्ने बताएका थिए । 

मनोमानि ढगले घर निर्माण गर्नाले जोखिममा रहेकाले आगामि दिनमा निर्माण गर्दा नगरपालिकाबाट पास गरेर मात्र निर्माण गर्न आग्रह गरेका थिए । साथै उहाँले साफेबगरको कृषि योग्य जमिनमा नया घर बन्न थालेकाले यसमा समेत नगरपालिकाले रोक लगाउन सक्नु पर्नेमा जोड दिएका थिए । 

कार्यक्रमका सहभागिले खानेपानी, शिक्षा, स्वास्थ्य, पार्क, खेलमैदान, सबै ठाउमा पक्की सडक, विजुली, सफा र स्वच्छ नगरको परिकल्पना सहितको रहेको आशा ब्यक्त गरेका थिए । 

सुदुर सवालको पुरा भाग शनिवार राति सवा ९ बजे, आईतबार बेलुकी सवा ६ बजे र सोमबार बिहान सवा ८ बजे रेडियो रामारोशनबाट सुन्न सकिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!