साउन २७, परासी | नवलपरासीमा बाढीको प्रदुषणले स्थानिय पिडितहरुमा भाईरल र फ्लुको संक्रमण बढन थालेपछि निशुल्क स्वास्थय शिबिर संचालन गरिएको छ । 

ठाउँ ठाउँमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, परासी | नवलपरासीमा बाढीको प्रदुषणले स्थानिय पिडितहरुमा भाईरल र फ्लुको संक्रमण बढन थालेपछि निशुल्क स्वास्थय शिबिर संचालन गरिएको छ । 

ठाउँ ठाउँमा "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण

२८ श्रावण २०७४, शनिबार ०९:१९

साउन २७, परासी | नवलपरासीमा बाढीको प्रदुषणले स्थानिय पिडितहरुमा भाईरल र फ्लुको संक्रमण बढन थालेपछि निशुल्क स्वास्थय शिबिर संचालन गरिएको छ । 

ठाउँ ठाउँमा बाढीको पानी मरेर वातावरण दुषित र चर्को घाम, गर्मीका कारण भाईरल ज्वरो, फ्लुको संक्रमणले बाढी पिडितहरु विरामी पर्न थालेपछि निुशल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो । बाढीले प्रभावित बनेको उक्त क्षत्रमा सरकारको भुमिका निस्क्रिय देखिएपछि सिडिएम नेपाल बुटवल, नेपाल स्वास्थय प्राविधिक संघ बुटवल र ग्यालेक्सी रिसर्च एण्ड डेभ्लपमेन्ट सेन्टर बुटवलको संयुक्त आयोजनामा एक दिने  निशुल्क स्वास्थय शिबिर संचालन गरि निशुल्क औषधी वितरण गरिएको छ ।

जिल्लाको प्रतापुर गाउँपालिका ८ स्थित फटकी टोला र वार्ड नं ३ बर्गदवाको नन्दपुरमा गरि दुई ठाउँमा स्वास्थय शिबिर संचालन गरिएको छ । बाढीले पुर्ण डुबानमा परेका क्षेत्र मध्ये यि दुईटा वार्डहरु बढि पिडित भएको छ । बाढीले जिल्लामा १ सय ४४ घरपरिवारको घर भत्केर विस्थापित हुन पुगेका छन् । रोगको संक्रमण यि विस्थापित घरपरिमा बढि देखिएकाले दुईटै शिबिरमा विस्थापित घर परिवारका कुल १ सय १३ जनाको स्वास्थ्य परिक्षण गरिएको सिडिएम नेपालको नवलपरासी सुपरभाईजर हरिशंकर पाण्डेले बताए ।  

स्वास्थ्य परिक्षण गर्दा भाईरल ज्वरो, रुघाखोकी, झाडापाखाला, दादुरा र छाला रोगका विरामीहरु भेटिएका छन् । विरामीहरुलाई निशुल्क औषधीहरु वितरण गरिएको छ जसले विरामीहरुको अवस्थामा सुधार हुने शिबिरमा खटिएका हेल्थ असिस्टेन्ट समिर भण्डारीले बताए । श्रावण २० गते जिल्लामा आएको ठुलो बाढीका कारण घर भत्किेर १ सय ४४ घरधुरी विस्थापित भएका थिए जु अझैपनि स्थानिय विद्यालय र सर्वाजनिक जग्गाहरुमा त्रिपाल गाडेर बसोबास गर्दै आएका छन् ।

बाढीले बिजोग बनाएको विस्थापित घरपरिवार धाराको धमिलो पानी खान बाध्य छन् । त्यति मात्र होईन विद्यालय एवं त्रिपालमा बस्ने ति विस्थापित परिवारलाई कडा घाम र चर्काे गर्मीले पनि निकै सताएको छ । सम्बन्धित गाउँपालिका, सिडिएम नेपाल र स्थानिय जनताले वितरण गरेको खाद्यान्न दाउराको अभावमा राम्ररी तरिकाले पकाउन नसकेपछि कांचै खान पनि बाध्य छन् । जसले तिनको स्वास्थ्यमा नाकारात्मक असर पारी रहेको बताइएको छ । सरकारको मौनताले झन पिडित बन्दै गएका विस्थापित परिवारमा अझैपनि सिडिएम नेपालले भोजन (मेस) चलाईरहेको छ ।

ति संस्थाहरुले चलाएको स्वास्थ्य शिबिरमा फेला परेका विरामीहरु दुषित पानी, घाम, गर्मी, प्रदुषित वातावरण कै कारणले फैलिरहेको हो । यदि यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने यो संक्रमण ठुलो रुप लिदै महामारी फैलिने सम्भावना रहेको एच ए भण्डारीले बताए । यसरी दयनिय अवस्थामा रहेका ति विस्थापित परिवारलाई सरकारी निकायले पुर्न स्थापित गराउन केहि पलह गरेको पाइएको छैन । विस्थापित घरपरिवारको केहि स्थानिय विद्यालयमा बास र खाना (मेस)ले विद्यालयको पठन पाठन पनि अवरुद्ध भएको अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु