साउन २८, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा आज बिहान भएको डम्बर जाग्री हत्याकाण्डको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा आज बिहान भएको डम्बर जाग्री हत्याकाण्डको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जाग्री हत्याकाण्डको अनुसन्धानका लागि प्रहरीले कुकुरको प्रयोग गर्ने

२०७४, २८ श्रावण शनिबार १५:३५

साउन २८, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा आज बिहान भएको डम्बर जाग्री हत्याकाण्डको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुकुरको प्रयोग गर्ने जनाएको छ । 

घटनाको विषयमा रेडियो बेलौरीसंग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश बहादुर चन्दले घटना बिभत्स तरिकाले घटेको उल्लेख गर्दै प्रारम्भिक चरणमा घटनाबारे सोधपुछ गर्न क्याम्पसको क्यान्टिनका कारिगरसहित ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । तर उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।  

उक्त घटनाको थप अनुसन्धानका लागि नेपालगञ्ज स्थित नेपाल प्रहरीको क्षेत्रीय कुकुर शाखाबाट कुकुर मगाएको एसपि चन्दले बताउनु भयो । घटनाको विरोधमा विभिन्न राजनीतिक दलका पार्टी पङ्ती तथा विद्यार्थी संगठन एवं संघसंस्थाहरुले समेत खेद प्रकट गरेका छन् । उक्त क्याम्पसका विद्यार्थी तथा अन्य क्षेत्रका विद्यार्थी संगठनहरुले समेत घटनाको सत्य तथ्य छानबीन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययनरत बझाङ्गको सैनम बसेला गाउँपालिकाका २३ वर्षीय डम्बर बहादुर जाग्रीका आज बिहान ८ बजेतिर क्याम्पसको होस्टेल भित्रै हत्या भएको थियो । 

होस्टेलको तल्लो तलाको स्टोर कोठामा घाँटी काटिएको अवस्थामा जाग्रीको शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा चक्कु फेला परेको थियो । 

बझाङ्ग घर भई विगत ४ वर्षदेखि सिद्धनाथ विज्ञान क्याम्पसको होस्टलमा बस्दै आएका जाग्री सिद्धनाथ विज्ञान क्याम्पसमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पूर्व अध्यक्ष रहेको र उनलाई चारदिन अघि बसेको बैठकले अखिल क्रान्तिकारी विद्यार्थी संगठनको संयोजकको जिम्मेवारी पनि दिइएको बुझिएको छ । -हरिश चन्द्र बागको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस