प्रभात सुवेदी । साउन २९, बर्दिया । 

गएरातदेखिको अविरल वर्षाका कारण बर्दियाको बेलवा चेपाङमा बबई नदीको जल मापन केन्द्रमा जल प्रवाह बढ्दै जाँदा बबई तथा भादा/सरयू तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण बर्दियाबासीहरुमा त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । साउन २९, बर्दिया । 

गएरातदेखिको अविरल वर्षाका कारण बर्दियाको बेलवा चेपाङमा बबई नदीको जल मापन केन्द्रमा जल प्रवाह बढ्दै जाँदा बबई तथा भादा/सरयू तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण बर्दियाबासीहरुमा त्"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चेपाङमा पुग्यो ९.१५ बाढीको ताण्डब निश्चित : रातभरी सुतेनन् जनता सजगता नअपनाए २०७१ कै हालत हुने

२०७४, २८ श्रावण शनिबार २१:४४

प्रभात सुवेदी । साउन २९, बर्दिया । 

गएरातदेखिको अविरल वर्षाका कारण बर्दियाको बेलवा चेपाङमा बबई नदीको जल मापन केन्द्रमा जल प्रवाह बढ्दै जाँदा बबई तथा भादा/सरयू तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण बर्दियाबासीहरुमा त्रासदी बढेको छ । 


२८ गते साँझसम्म अधिकांश भाग जलमग्न भएको अवस्थामा २९ गते रातभरको वर्षाको कारण बबई चेपाङमा जल सतह ह्वात्तै बढेको छ । ५.५० मिटर वार्निङ लेभल भएपनि २८ गते नै यो लेभल नाघेर २९ गते विहान ३.३० बजेसम्म खतराको सङे्केत ६.१० भन्दा माथि अर्थात ९.१५ पुगेको छ । यो पानीको सतह अनुसार यदि कहिँ कतै पनि बाँध वा तटवन्धन फुटेमा ठुलो मात्रामा क्षति हुने देखिन्छ । जुन सतह २०७१ को बाढीको हाराहारी हो । 

यसैबीच बबई नदीबाट ठूलो बाढी बानियाभारमा पसेको छ । ठाकुरबाबा नगरपालिकाको वर्गदा खैलार लगायतका धेरै गाउँहरु जोखिममा परेका छन् । गुलरियाको बालापुर तथा कोठिया क्षेत्रमा पानी पसिसकेको छ । भादा नदीका आसपासमा रहेका बस्तीहरु जोखिममा परेका छन् । अधिकाँश मानिसहरु भने बाटामा पाल टाँगेर बसेका छन् तर पनि रातभरको वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

यसैबीच दुई दिनदेखि अबीरल वर्षा भैरहँदा पनि नेपाल विद्युत प्राधिकरणबाट विद्युत सेवा भने नियमित रहेको छ । जसका कारण जनजीवनमा भने केही सहजता थपिएको छ ।

रातभरको वर्षा तथा नदीमा बढीरहेको पानीको सतहका कारण तटीय क्षेत्रका नागरिकहरुमा त्रासदी छाएको छ । बेलैमा सचेत नहुने हो भने फेरि २०७१ को जस्तै विपत्ती ननिम्तेला भनेर भन्न सकिन्न । 

कुनै मानवीय क्षती नहोस् भनेर सबैतिर हाइ एलर्ट जारी गरिएको छ । यो पानीको सतह २०७१ सालकै बाढीको हाराहारी भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सुचना व्यवस्थापन अधिकारी रुपन ज्ञवालीले बताउनुभयो । अहिले ८ मिटर भन्दा माथि मापन गर्नका लागि कठिनाइ भएकोले अब यथार्थ तथ्याङ्क आउन गाह्रो हुने वहाँले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी