प्रभात सुवेदी । साउन २९, बर्दिया । 

गएरातदेखिको अविरल वर्षाका कारण बर्दियाको बेलवा चेपाङमा बबई नदीको जल मापन केन्द्रमा जल प्रवाह बढ्दै जाँदा बबई तथा भादा/सरयू तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण बर्दियाबासीहरुमा त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । साउन २९, बर्दिया । 

गएरातदेखिको अविरल वर्षाका कारण बर्दियाको बेलवा चेपाङमा बबई नदीको जल मापन केन्द्रमा जल प्रवाह बढ्दै जाँदा बबई तथा भादा/सरयू तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण बर्दियाबासीहरुमा त्"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चेपाङमा पुग्यो ९.१५ बाढीको ताण्डब निश्चित : रातभरी सुतेनन् जनता सजगता नअपनाए २०७१ कै हालत हुने

२८ श्रावण २०७४, शनिबार २१:४४

प्रभात सुवेदी । साउन २९, बर्दिया । 

गएरातदेखिको अविरल वर्षाका कारण बर्दियाको बेलवा चेपाङमा बबई नदीको जल मापन केन्द्रमा जल प्रवाह बढ्दै जाँदा बबई तथा भादा/सरयू तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण बर्दियाबासीहरुमा त्रासदी बढेको छ । 


२८ गते साँझसम्म अधिकांश भाग जलमग्न भएको अवस्थामा २९ गते रातभरको वर्षाको कारण बबई चेपाङमा जल सतह ह्वात्तै बढेको छ । ५.५० मिटर वार्निङ लेभल भएपनि २८ गते नै यो लेभल नाघेर २९ गते विहान ३.३० बजेसम्म खतराको सङे्केत ६.१० भन्दा माथि अर्थात ९.१५ पुगेको छ । यो पानीको सतह अनुसार यदि कहिँ कतै पनि बाँध वा तटवन्धन फुटेमा ठुलो मात्रामा क्षति हुने देखिन्छ । जुन सतह २०७१ को बाढीको हाराहारी हो । 

यसैबीच बबई नदीबाट ठूलो बाढी बानियाभारमा पसेको छ । ठाकुरबाबा नगरपालिकाको वर्गदा खैलार लगायतका धेरै गाउँहरु जोखिममा परेका छन् । गुलरियाको बालापुर तथा कोठिया क्षेत्रमा पानी पसिसकेको छ । भादा नदीका आसपासमा रहेका बस्तीहरु जोखिममा परेका छन् । अधिकाँश मानिसहरु भने बाटामा पाल टाँगेर बसेका छन् तर पनि रातभरको वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

यसैबीच दुई दिनदेखि अबीरल वर्षा भैरहँदा पनि नेपाल विद्युत प्राधिकरणबाट विद्युत सेवा भने नियमित रहेको छ । जसका कारण जनजीवनमा भने केही सहजता थपिएको छ ।

रातभरको वर्षा तथा नदीमा बढीरहेको पानीको सतहका कारण तटीय क्षेत्रका नागरिकहरुमा त्रासदी छाएको छ । बेलैमा सचेत नहुने हो भने फेरि २०७१ को जस्तै विपत्ती ननिम्तेला भनेर भन्न सकिन्न । 

कुनै मानवीय क्षती नहोस् भनेर सबैतिर हाइ एलर्ट जारी गरिएको छ । यो पानीको सतह २०७१ सालकै बाढीको हाराहारी भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सुचना व्यवस्थापन अधिकारी रुपन ज्ञवालीले बताउनुभयो । अहिले ८ मिटर भन्दा माथि मापन गर्नका लागि कठिनाइ भएकोले अब यथार्थ तथ्याङ्क आउन गाह्रो हुने वहाँले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु