Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
August 13, 2017 मुगु - MG, समाज

महिनावारी समययमा मानसिक तनावमा किशोरी

By साझासवाल

साउन २९, मुगु | चार वर्ष अघि पहिलो पटक महिनावारी हँदा नमुना उच्च माध्यामिक बिद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा डिलमाया विटालुले आफ्नो घरमा पनि भन्न सक्नु भएको थिएन । पछि साथीहरुबाट घरमा थाहाभएपछि उहाँलाई गोठमा पठाएको पीडा अझै हटेको छैन ।

देवीदेवता रिसाउने डरले महिनावारी अर्थात स्थानीय भाषामा छाउ भएका बेला घर बस्नु हुँदैन भन्ने अलिखित नियमले किशोरी छात्राहरु मानसिक तनावमा हुने गरेको किशोरी छात्राहरु बताउने गरेका छन । महिनावारी भएकाले बेला अरुले थाहा पाउलान्, कतिपय अवस्थामा दुःखाइको पीडा जस्ता कारणले पढाइमा ध्यान नजाने र विद्यालय जानै मन नलाग्ने उनि हरु बताउँछन् । महिनावारी भएको समयमा छाउगोठमा बसुन्जेल डर लागिरहने भएकाले अरु केही गर्नै नसक्ने छायाँनाथ रारा नगरपालीका वडा नं ५ की २० वर्षिया सबिना हमालको पनी उस्तै गुनासो छ । छाउपडी प्रथाले प्रत्येक व्यक्तिदेखि समाजसम्मलाई असर परिरहेको हुन्छ । पछिल्लो समय कतिपयले यो थाहा पाएर पुरानो चलनलाई चुनौति दिंदै छाउगोठमा नजाने पनि गरिरहेका छन् । छाउपडी हटाउन तथा महिनावारी प्राकिृत प्रक्रिया हो भन्ने सन्देश दिन मुगुमा पनी बिभिन्न सघ सस्था लागीपरेका छन त्यस्तै कु प्रथाको न्युनिकरण गर्न हिमाली ग्रामाीण युवा समाज बिकास केन्द्र हिरिष्डेक मुगुले जिल्लाका ६ गाबिसमा काम गरीरहेको छ भने याक्सन वर्कले पनी मुगु मितिरी समुह गठन मार्फत छाउपडी न्युनिकरण गर्न जिल्लका ८ गाबिसमा काम गरीरहेको छ ।

जिल्लाका कतिपयले छाउगोठमा नजाने गर्न थालिसकेका छन् भने हिमाली ग्रामाीण युवा समाज बिकास केन्द हिरिष्डेकले दिईएको तालीम तथा जानकारी संगै छायाँनाथ रारा नगरपालीका भित्र रहेका .गाउँमा धामी झाँक्रीहरु नै छाउपडी गोठमा बस्न नहुने अभियानमा पनि छन् त्यस्तै जिल्लाको साविकाको रोवा गाबिसको वडा नं ७ शोभा गाउँ छाउगोठ मुक्तपनी भइसकेको छ । कतिपय जनप्रतिनिधिहरुले आफ्नो ठाउँलाई छाउगोठ मुक्त बनाउने घोषणा पनि गरेका कारण परिवर्तन हुँदै जाने अपेक्षा गर्न सकिन्छ । तर सघ सस्थाका कार्यक्रम डुब्लीकेशन भएर काम भएकाले यसमा केहि बाध सिजृना हुने जानकार हरुको भनाई छ ।

जिल्लाको सन्र्दभमा साबिकका २४ गाबिस छन छाउपडी न्युनिकरणका सन्र्दभमा कार्यक्रम हरु डुब्लीकेशन गरेका पाईन्छन यस्ता क्रियाकलापले समाजमा नराम्रो असर पार्ने भएकाले सहकार्य अथवा फरकफरक गाबिसमा काम गर्न सकिएमात्र कार्यक्रम गरेको प्रतिफल प्राप्त हुने स्थाानीयको भनाई छ । नत्त बालुमा पानी हाले जस्तै हुने देखिएका छन । – नन्द बहादुर रोकायाको सहयोगमा