१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाढीले ह्युमपाइप बगाउँदा सडक अवरुद्ध

२९ श्रावण २०७४, आईतवार ०९:०९

साउन २९, लहान | चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले सुखीपुर नजिकै रहेको ह्युमपाइप बगाउँदा सिरहाको चिरोमाइल– बरियारपट्टी सडक अवरुद्ध भएको छ । 

बिहानदेखि नै सडक अवरुद्ध हुँदा उक्त क्षेत्रका सर्वसाधारणलाई पूर्वपश्चिम राजमार्गसम्म पुग्न कठिनाइ भएको छ । यसैगरी अविरल वर्षासँगै आएको बाढी नहरमाथिबाट बग्न थालेपछि लहान नगरपालिका– १ स्थित दलित बस्ती जलमग्न भएको छ । बाढीका कारण उक्त बस्तीका दश घर पूर्ण रुपमा भत्किसकेपछि घरमा रहेको खानेकुरासमेत जोगाउन नसकेको स्थानीयवासी गेना सदायले बताउनुभयो । 

वर्षाका कारण सिरहाका दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् । डिमा खोलाको पानी गाउँमा पस्दा कर्जन्हा गाउँपालिका– ६ गौताडीका दर्जन बढी घर डुबानमा परेका हुन् । लगातारको वर्षाका कारण बेचो खोलामा आएको बाढी कल्याणपुर नगरपालिका– ४ मा रहेका घरमा पसेको छ । 

वर्षाकै कारण सिरहाको सदरमुकामसहित मिर्चैया नगरपालिका र गोलबजार क्षेत्रसमेत जलमग्न भएका छन् । वर्षाका कारण सदरमुकामसहित जिल्लाका मिर्चैया, गोलबजार, लहान, पर्सा पोखरभिण्डा, सुखिपुरलगायत पनि जलमग्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु