२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाढीले ह्युमपाइप बगाउँदा सडक अवरुद्ध

२०७४, २९ श्रावण आईतवार ०९:०९

साउन २९, लहान | चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले सुखीपुर नजिकै रहेको ह्युमपाइप बगाउँदा सिरहाको चिरोमाइल– बरियारपट्टी सडक अवरुद्ध भएको छ । 

बिहानदेखि नै सडक अवरुद्ध हुँदा उक्त क्षेत्रका सर्वसाधारणलाई पूर्वपश्चिम राजमार्गसम्म पुग्न कठिनाइ भएको छ । यसैगरी अविरल वर्षासँगै आएको बाढी नहरमाथिबाट बग्न थालेपछि लहान नगरपालिका– १ स्थित दलित बस्ती जलमग्न भएको छ । बाढीका कारण उक्त बस्तीका दश घर पूर्ण रुपमा भत्किसकेपछि घरमा रहेको खानेकुरासमेत जोगाउन नसकेको स्थानीयवासी गेना सदायले बताउनुभयो । 

वर्षाका कारण सिरहाका दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् । डिमा खोलाको पानी गाउँमा पस्दा कर्जन्हा गाउँपालिका– ६ गौताडीका दर्जन बढी घर डुबानमा परेका हुन् । लगातारको वर्षाका कारण बेचो खोलामा आएको बाढी कल्याणपुर नगरपालिका– ४ मा रहेका घरमा पसेको छ । 

वर्षाकै कारण सिरहाको सदरमुकामसहित मिर्चैया नगरपालिका र गोलबजार क्षेत्रसमेत जलमग्न भएका छन् । वर्षाका कारण सदरमुकामसहित जिल्लाका मिर्चैया, गोलबजार, लहान, पर्सा पोखरभिण्डा, सुखिपुरलगायत पनि जलमग्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ