१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा वर्षा र बाढीले वस्ती डुबानमा, यस्तो छ पछिल्लो स्थिति

२९ श्रावण २०७४, आईतवार ०९:२१

भक्तपुर, २९ साउन । दुई दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न बस्ती डुबानमा परेका छन् । वर्षासँगै हनुमन्ते खोला र मनोहरा खोलामा आएको बाढी बस्तीभित्र पसेपछि डुबानमा परेको हो । 

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको सूर्यविनायक बाराही स्थान आसपासका बस्ती र भूकम्पपीडितको टहरामा बाढी पसेको स्थानीयवासी भरत श्रेष्ठले बताउनुभयो । 

भूकम्पपीडितको टहरामा बस्ती पसेपछि उनीहरु आफन्तकामा आश्रय लिन गएका छन् । त्यस्तै हनुमन्ते खोलामा आएको बाढीले बालकोटको खोला आसपासको बस्ती पनि डुबानमा पारेको छ । 

यता बालकोट हाइटमा सातवटा घर डुबानमा परेको सूर्यविनायक नगरपालिका–२ बंगलामुखी मार्गका पुरण न्यौपानेले जानकारी दिनुभयो । 

मनोहरा खोलामा आएको बाढीले लोकन्थली जडीबुटी क्षेत्रमा रहेको सुकुम्वासी बस्तीलाई समेत डुबानमा पारेको छ । करिब २० घर डुबानमा पर्दा सुकुम्वासीमा त्रास बढेको स्थानीयवासी रामबाबु मगरले जानकारी दिनुभयो । यता भक्तपुरको बालकोट र ललितपुरको सिमानामा पर्ने गोदावरी खोलामा आएको बाढीले आसपासमा बनेका नयाँ बस्तीलाई डुबानमा पारेको छ । 

कतिपय बन्दै गरेको घरको निर्माण सामग्री बाढीले बगाएको र नयाँ बस्तीमा खोला पसेपछि खोला किनाराका बस्तीका बासिन्दा त्रासमा बस्नुपरेको बालकोट–२ का रामशरण थापाले जानकारी दिनुभयो । 

यता, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले भने बस्ती डुबानमा परेको र उद्धार गर्नुपर्ने अवस्थाका बारेमा जानकारी नआएकाले उद्धारमा प्रहरी नखटिएको प्रतिक्रिया दिनुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु