१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा ढुंगा खस्दा बसमा सवार १ जनाको मृत्यु, ११ घाइते

२९ श्रावण २०७४, आईतवार ०९:३०

शंकर के सी | साउन २९, सल्यान | सडक माथीबाट खसेका ढुंगाले गुडिरहेको यात्रुवाहक बसमा लाग्दा सल्यानमा एक जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते छन् । बस पल्टीएर सडकबाट तल खसेको छ । राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको कपुरकोट गाउँपालिका ३ गोठरि खोला भन्ने स्थानमा सडक माथीबाट खसेका ठूला ठूला ढुंगाले लाग्दा अन्दाजी ३२ वर्र्षीय एक पुरुषको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

यो समाचार तयार पार्दा सम्म मृतकको सनाखत हुन सकेको छैन । सल्यान खलंगाबाट दाङ तर्फ गइरहेको ना ३ ख ३२३० नम्बरको सल्यान रुकुम यातायात समितीको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो ।

घाइतेहरुको तुलसिपुर स्थीत अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी कपुरकोटका इन्चार्ज झग बहादुर कवरले जनाएका छन् । उनका अनुसार अर्काे गाडीमा पनि झरेको ढुंगाले लागेको छ ।

दाङ सल्यान सडकखण्डको ठाउँठाउँमा पहिरो झरेको छ । वर्षायामको बेला माथीबाट ढुंगाहरु झरिरहने भएकाले यात्रुहरु जोखिमपूर्ण तरिकाले यस सडकखण्डमा यात्रा गरिरहेको छन् । 

यो पनि मन परे १ लाइक दिनुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव