Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दाङमा ढुंगा खस्दा बसमा सवार १ जनाको मृत्यु, ११ घाइते

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

शंकर के सी | साउन २९, सल्यान | सडक माथीबाट खसेका ढुंगाले गुडिरहेको यात्रुवाहक बसमा लाग्दा सल्यानमा एक जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते छन् । बस पल्टीएर सडकबाट तल खसेको छ । राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको कपुरकोट गाउँपालिका ३ गोठरि खोला भन्ने स्थानमा सडक माथीबाट खसेका ठूला ठूला ढुंगाले लाग्दा अन्दाजी ३२ वर्र्षीय एक पुरुषको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

यो समाचार तयार पार्दा सम्म मृतकको सनाखत हुन सकेको छैन । सल्यान खलंगाबाट दाङ तर्फ गइरहेको ना ३ ख ३२३० नम्बरको सल्यान रुकुम यातायात समितीको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो ।

घाइतेहरुको तुलसिपुर स्थीत अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी कपुरकोटका इन्चार्ज झग बहादुर कवरले जनाएका छन् । उनका अनुसार अर्काे गाडीमा पनि झरेको ढुंगाले लागेको छ ।

दाङ सल्यान सडकखण्डको ठाउँठाउँमा पहिरो झरेको छ । वर्षायामको बेला माथीबाट ढुंगाहरु झरिरहने भएकाले यात्रुहरु जोखिमपूर्ण तरिकाले यस सडकखण्डमा यात्रा गरिरहेको छन् ।

यो पनि मन परे १ लाइक दिनुहोस