टेक शाही/साउन २९, डोल्पा । डोल्पाको त्रिपूरा सुन्दरी नगरपालिकाको त्रिपूराकोटमा अनाथ बालबालिका सँरक्षण केन्द्रको स्थापना गरिएको छ । 

महिला सामुदाय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/साउन २९, डोल्पा । डोल्पाको त्रिपूरा सुन्दरी नगरपालिकाको त्रिपूराकोटमा अनाथ बालबालिका सँरक्षण केन्द्रको स्थापना गरिएको छ । 

महिला सामुदाय"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा अनाथ बालवालिका संरक्षण केन्द्रको स्थापना गरियो

२९ श्रावण २०७४, आईतवार १३:३१


टेक शाही/साउन २९, डोल्पा । डोल्पाको त्रिपूरा सुन्दरी नगरपालिकाको त्रिपूराकोटमा अनाथ बालबालिका सँरक्षण केन्द्रको स्थापना गरिएको छ । 

महिला सामुदायिक सेवा समाज त्रिपूराकोटकी अध्यक्ष दिलमाया बिष्टको अगुवाइमा अनाथ बालबालिका सँरक्षण केन्द्रको स्थापना गरिएको हो । 

डोल्पा जिल्लाका बिभिन्न कारणले अनाथ रहेका बालबालिकाको सँरक्षण गर्नको लागि अनाथ बालबालिका सँरक्षण केन्द्रको स्थापना गरिएको अध्यक्ष दिलमाँया बिष्टले जानकारि दिइन । 

उनका अनुसार जिल्लामा रहेका अनाथ बालबालिकाले गुणस्तरिय शिक्षाबाट बञ्चित हनु नपरोस भन्ने उद्धेश्य रहेको बताइन । 

एक बर्ष पहिले देखि दिलमाँया बिष्टले १९ जना बालबालिकाहरुलाइ आफनै घरमा राखेर पालन पोषण गर्दै आएकी त्रिपूराकोटका स्थानिय रामचन्द्र न्यौपानेले बताए । दिलमाँयको पनि आर्थिक अबस्था कम्जोर नै छ तर पनि सकि नासकि जोहो गरेर अनाथ बालबालिका पालेकी छन न्यौपानेले भने । 

त्रिपूराकोट बगरमा रहेको मदरल्याण्ड फोक्सुण्डो एकेडेमी स्कुलमा ति १९ जना बालबालिकाको लागि निशुल्क अध्ययन गर्ने ब्यवस्था गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिकादत्त न्यौपानले जानकारि दिए । उनका अनुसार काण्ठमाण्डौका बिनोद शाहीले शिक्षकको ब्यवस्था गरिदिएको र अन्य सबै खर्च बिद्यालय स्वयमले ब्यहोर्ने गरोका छनै भने । 


अनाथ सँरक्षण केन्द्रको स्थापनाको अबसरमा मिसन नेपाल डोल्पाका सँयोजक ओमेन्द्र के.सि.ले नगद १५ हजार र कोषाध्यक्ष टिकादत्त न्यौपानेले १५ हजार बरावरको स्टेशनरि प्रदान गर्नु भएको अध्यक्ष दिलमाँया बिष्टले जानकारि दिइन । 

जिल्लामा बिभिन्न कारण बालबालिकाहरु अनाथ हुनु परेको र ति अनाथ बालबालिकाले पाउनु पर्ने बिभिन्न खाले सेवा र सुबिधाबाट बञ्चित हुनु परेको त्रिपूरा सुन्दरी नगरपालिकाका प्रमूख ओम बहादुर बुढाले बताए । उनले भने ति अनाथ भएका बालबालिकाको लागि एक महिला मान्छेले सँरक्षण गर्दै आएकोले दिलमाँयालाइ धन्यबाद दिदै अब स्थानिय स्तरबाट हुने  कुनै पनि सहयोग आफुले गर्ने प्रतिबद्धता गरे । 

अनाथ बालबालिकाको पनि सबै बालबालिका सरह जिउन पाउने अधिकार भएकोले अब सबैले मिलेर सहयोग गरि दिन अध्यक्ष दिलमाँया बिष्टले अनुरोध गरिन । आजका यि साना बालबालिका भोलीका भबिष्य हुन सबैले सहयोग गरि दिनु पर्यो उनले सबैमा सहयोगि हात बढाउन अनुरोध गरिन ।  

अनाथ बालबालिका सँरक्षण केन्द्रमा १९ जना बालबालिका रहेको भए पनि जिल्लामा कति बालबालिका अझै अनाथ रहेका छन भन्ने कुनै तथ्याँक छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य