टेक शाही/साउन २९, डोल्पा । डोल्पाको त्रिपूरा सुन्दरी नगरपालिकाको त्रिपूराकोटमा अनाथ बालबालिका सँरक्षण केन्द्रको स्थापना गरिएको छ । 

महिला सामुदाय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/साउन २९, डोल्पा । डोल्पाको त्रिपूरा सुन्दरी नगरपालिकाको त्रिपूराकोटमा अनाथ बालबालिका सँरक्षण केन्द्रको स्थापना गरिएको छ । 

महिला सामुदाय"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा अनाथ बालवालिका संरक्षण केन्द्रको स्थापना गरियो

२०७४, २९ श्रावण आईतवार १३:३१


टेक शाही/साउन २९, डोल्पा । डोल्पाको त्रिपूरा सुन्दरी नगरपालिकाको त्रिपूराकोटमा अनाथ बालबालिका सँरक्षण केन्द्रको स्थापना गरिएको छ । 

महिला सामुदायिक सेवा समाज त्रिपूराकोटकी अध्यक्ष दिलमाया बिष्टको अगुवाइमा अनाथ बालबालिका सँरक्षण केन्द्रको स्थापना गरिएको हो । 

डोल्पा जिल्लाका बिभिन्न कारणले अनाथ रहेका बालबालिकाको सँरक्षण गर्नको लागि अनाथ बालबालिका सँरक्षण केन्द्रको स्थापना गरिएको अध्यक्ष दिलमाँया बिष्टले जानकारि दिइन । 

उनका अनुसार जिल्लामा रहेका अनाथ बालबालिकाले गुणस्तरिय शिक्षाबाट बञ्चित हनु नपरोस भन्ने उद्धेश्य रहेको बताइन । 

एक बर्ष पहिले देखि दिलमाँया बिष्टले १९ जना बालबालिकाहरुलाइ आफनै घरमा राखेर पालन पोषण गर्दै आएकी त्रिपूराकोटका स्थानिय रामचन्द्र न्यौपानेले बताए । दिलमाँयको पनि आर्थिक अबस्था कम्जोर नै छ तर पनि सकि नासकि जोहो गरेर अनाथ बालबालिका पालेकी छन न्यौपानेले भने । 

त्रिपूराकोट बगरमा रहेको मदरल्याण्ड फोक्सुण्डो एकेडेमी स्कुलमा ति १९ जना बालबालिकाको लागि निशुल्क अध्ययन गर्ने ब्यवस्था गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिकादत्त न्यौपानले जानकारि दिए । उनका अनुसार काण्ठमाण्डौका बिनोद शाहीले शिक्षकको ब्यवस्था गरिदिएको र अन्य सबै खर्च बिद्यालय स्वयमले ब्यहोर्ने गरोका छनै भने । 


अनाथ सँरक्षण केन्द्रको स्थापनाको अबसरमा मिसन नेपाल डोल्पाका सँयोजक ओमेन्द्र के.सि.ले नगद १५ हजार र कोषाध्यक्ष टिकादत्त न्यौपानेले १५ हजार बरावरको स्टेशनरि प्रदान गर्नु भएको अध्यक्ष दिलमाँया बिष्टले जानकारि दिइन । 

जिल्लामा बिभिन्न कारण बालबालिकाहरु अनाथ हुनु परेको र ति अनाथ बालबालिकाले पाउनु पर्ने बिभिन्न खाले सेवा र सुबिधाबाट बञ्चित हुनु परेको त्रिपूरा सुन्दरी नगरपालिकाका प्रमूख ओम बहादुर बुढाले बताए । उनले भने ति अनाथ भएका बालबालिकाको लागि एक महिला मान्छेले सँरक्षण गर्दै आएकोले दिलमाँयालाइ धन्यबाद दिदै अब स्थानिय स्तरबाट हुने  कुनै पनि सहयोग आफुले गर्ने प्रतिबद्धता गरे । 

अनाथ बालबालिकाको पनि सबै बालबालिका सरह जिउन पाउने अधिकार भएकोले अब सबैले मिलेर सहयोग गरि दिन अध्यक्ष दिलमाँया बिष्टले अनुरोध गरिन । आजका यि साना बालबालिका भोलीका भबिष्य हुन सबैले सहयोग गरि दिनु पर्यो उनले सबैमा सहयोगि हात बढाउन अनुरोध गरिन ।  

अनाथ बालबालिका सँरक्षण केन्द्रमा १९ जना बालबालिका रहेको भए पनि जिल्लामा कति बालबालिका अझै अनाथ रहेका छन भन्ने कुनै तथ्याँक छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण