सल्यान, २९ साउन । अविरल वर्षापछि हुन सक्ने खतराबाट जोखिनका लागी सबैलाइ सजग रहन कपुरकोट गाउँपालिकाले आग्रह गरेको छ ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले वर्षापछि पहाडी क्षेत्रमा पहिरोको जोखिम हुने भएकाले सचेत बन्न गाउँपालिकावासिलाइ आग्रह गरेका हुन् । कपुरकोट बजार क्षेत्रको भासिएको स्थानका वासिन्दालाइ पनि उनले त्यस स्थानमा नबस्न भनेका छन् ।

भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै गाउँपालिका प्रमुख सेनले कुनै आपत् परेमा आफुलाइ फोन सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

जसका लागी उनले ९८४७८३६४०२ र ९८०९५०५९३४ को नम्बर दिएका छन् । मौषमविद्हरुले पनि मनसुनी वर्षाको गतिविधि देशभर नै सक्रिय भइरहेको र यसले आज पनि भारी वर्षा हुने सम्भावना देखिएको जनाएको छ ।

August 13, 2017
समाज, सल्यान - SLN
भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क रहन कपुरकोट गाउँपालिकाको आग्रह
By kit
2 मिनेट पढाइ