काठमाण्डौ । चितवनमा रेबिज लागेर आज एक जनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिजबाट मृत्यु भएको हो ।
प्रजाको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।
उहाँलाई केही महिनाअघि कुकुरले टोकेको थियो । उपचारमा ढिलाइ हुँदा उहाँको ज्यान गएको हो । उपचारका लागि प्रजालाई हिजो अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।