Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

चितवनमा रेबिज लागेर एक जनाको मृत्यु

By साझासवाल

काठमाण्डौ । चितवनमा रेबिज लागेर आज एक जनाको मृत्यु भएको छ।  इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिजबाट मृत्यु भएको हो ।

प्रजाको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

उहाँलाई  केही महिनाअघि कुकुरले टोकेको थियो । उपचारमा ढिलाइ हुँदा उहाँको ज्यान गएको हो । उपचारका लागि प्रजालाई  हिजो अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।