साउन ३०, कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिका–१८ कटान सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावास भित्र घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएका विद्यार्थी नेता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३०, कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिका–१८ कटान सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावास भित्र घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएका विद्यार्थी नेता"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अखिल क्रान्तिकारी नेता जाग्रीको महाकाली नदीमा अन्त्येष्टी गरियो

२०७४, ३० श्रावण सोमबार ११:२१


साउन ३०, कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिका–१८ कटान सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावास भित्र घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएका विद्यार्थी नेता डम्बर जाग्रीको महाकालीमा अन्त्येष्टी गरिएको छ ।

सोमबार दिउँसो महाकाली नदीमा हिन्दु परम्परा अनुसार कञ्चनपुरका विद्यार्थी नेता जाग्रीको अन्त्येष्टी गरिएको हो । मृतक जाग्रीका बाबु मने जाग्रीले दागबत्ती दिएका थिए । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला सदस्य तथा सिद्धनाथ विज्ञान क्याम्पस मुल इकाई कमिटिका संयोजक जाग्रीको पार्थिक शरिरमा क्रान्तिकारी र नेकपा माओवादी केन्द्रको झण्डा ओढाईएको छ । 

क्रान्तिकारीका तर्फबाट केन्द्रीय सचिव राधाकृष्ण जोशी, कञ्चनपुर जिल्ला इन्चार्ज चन्द्रकान्त भट्ट, अध्यक्ष बिरेन्द्र राज विष्ट नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता कृष्ण दत्त जोशीले माओवादी केन्द्रको झण्डा ओढाएका थिए । 

महाकाली घाटमै जाग्रीको सम्झनामा मौन धारण समेत गरिएको थियो । अन्त्येष्टी घाटमा क्रान्तिकारीका केन्द्रीय सचिव राधाकृष्ण जोशीले कायरतापुर्ण तरिकाले बिभत्स हत्या गरिएको बताउदै दोषि उपर कार्बाही नगरी क्रान्तिकारीले आन्दोलन चर्काउने चेतावनी दिए । 

अञ्चल अस्पतालमदेखि मदनचोकसम्म काँधमा शव बोकेर ल्याउने क्रममा क्रान्तिकारीले अखिल क्रान्तिकारी जिन्दाबाद, हत्यारालाई यथासिश्र कार्बाहीको माग राख्दै नाराबाजी गरेका थिए । 

अन्त्येष्टीमा अखिल क्रान्तिकारी, नेवि संघ, अनेरास्ववियु, वैद्य÷विप्लव क्रान्तिकारीका विद्यार्थी नेता, विज्ञानका प्राध्यापक, आफन्त इष्टमित्र साथीभाईको घुईचो लागेको थियो । बझाङ्ग थलेदुर्गा गाउँपालिका–६ का २३ बर्षिय जाग्री विज्ञान क्याम्पस बिएस्सी चौथो बर्षमा अध्ययनरत थिए । 

मृतक डम्बरका परिवारले घटनाका दोषिउपर छानबिनको माग राख्दै हत्यारालाई कानुनी कार्बाहीको माग गरेका छन् । डम्बरका बाबु माने जाग्रीले आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता भीम बहादुर दाहालले मृतका बाबुले छोराका हत्यारलाई कार्बाहीको माग राख्दै जाहेरी दिएको बताए । प्रवक्ता दाहालले जाग्रीको घटनाबारे गहिरो अनुसन्धान भईरहेको बताए । 

घटना पत्ता लगाउन प्रहरीले कुकुरको समेत प्रयोग गरेको थियो । घटनाका संकास्पद क्यान्टिनमा कार्यरत सुरेन्द्र सिह रावत, सुरज ढगौरा र दिनेश लोत्थ्याललाई पक्राउ गरि अनुसन्धान थालेको छ । 

प्रहरी प्रवक्ता दाहालले घटना बारे थप अनुसन्धान गर्न विद्यार्थी, क्याम्पस प्रशासन संग पनि सोधपुछ गरेको बताए । ‘अहिले शवको पोष्टमाष्टम भएको छ, ‘उनले भने,‘पोष्टमाष्टमबाट थप विषय खुल्छ ।’ 

कञ्चनपुर प्रहरीले पक्राउ परेका व्यक्तिको पोलिग्राफका माध्यमबाट समेत सोधपुछ गर्ने तयारी गरेको छ । कञ्चनपुरका विद्यार्थी संगठनले भने घटनाको सत्यतथ्य छानबिन गरेर दोषिलाई कानुनी कार्बाही नगरिए आन्दोलन छेड्ने चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस