२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लाको जयगढमा वजार अनुगमन

२०७२, २१ मंसिर सोमबार १०:१८

कमल रावल, मसिर २१, अछाम  / जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालको नेतृत्वको एक टोलीले जिल्लाको जयगढमा वजार अनुगमन गरेको छ । नियमित कार्यक्रम अन्र्तगत वजार क्षेत्रका सवै पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका सामानहरु पनी वरमद गरिएको छ जसमा खानेतेल १६ लिटर, चेतावनी मुलक तस्वीर नभएको सुपरपावर खैनी १५ पोका, कम तौल भएको ५ किलोको ढक पनी वरमद गरिएको छ ।

२ ओटा सुनचादी पसलमा डिजिटल काँटा प्रयोग नगरेकाले ति पसलका संचालकहरुलाई डिजिटल काँटा प्रयोग गर्न सहायक प्रमुख जिल्ला अधिकारी भुसालले निर्देशन दिनुभयो । जयगढ वजारका सवै पसलहरुमा अनुगमन गरिएकोमा २७ ओटा पसललाई विभिन्न निर्देशन दिईएको छ । विशेष गरी जैगढ वजारको वसपार्क वरीपरीका सवै होटलहरु वढी फोहोर भएकाले सरसफाई गर्न आग्रह गर्नुका साथै आगामी दिनमा यस्तो भेटिएमा कडा कार्वाही गरिने चेतावनी अनुगमन टोलीले दिएको छ ।

टोलीमा सहायक प्रजिअ भुसाल सहित वाणिज्य विभागका प्रतिनिधि ईश्वर राज सुवेदी, उद्योग वाणिज्य संघका कमल प्रसाद ढुंगाना, पत्रकार महासंघका तर्फवाट होम साउद, जिल्ला प्रशासनका लेखापाल हिरानन्द झा, घरेलु तथा साना उद्योग विकास समितिका विवेक चौधरी, स्थानीय अगुवा तिलक खत्री तिमिल्सेना, प्रहरी लगाएतको सहभागिता रहेको थियो । अनुगमन कार्यलाई निर,न्तर अगाडी वढाईने र सवै व्यापार क्षेत्रमा अनुगमन गरिने सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी