२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लाको जयगढमा वजार अनुगमन

२१ मंसिर २०७२, सोमबार १०:१८

कमल रावल, मसिर २१, अछाम  / जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालको नेतृत्वको एक टोलीले जिल्लाको जयगढमा वजार अनुगमन गरेको छ । नियमित कार्यक्रम अन्र्तगत वजार क्षेत्रका सवै पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका सामानहरु पनी वरमद गरिएको छ जसमा खानेतेल १६ लिटर, चेतावनी मुलक तस्वीर नभएको सुपरपावर खैनी १५ पोका, कम तौल भएको ५ किलोको ढक पनी वरमद गरिएको छ ।

२ ओटा सुनचादी पसलमा डिजिटल काँटा प्रयोग नगरेकाले ति पसलका संचालकहरुलाई डिजिटल काँटा प्रयोग गर्न सहायक प्रमुख जिल्ला अधिकारी भुसालले निर्देशन दिनुभयो । जयगढ वजारका सवै पसलहरुमा अनुगमन गरिएकोमा २७ ओटा पसललाई विभिन्न निर्देशन दिईएको छ । विशेष गरी जैगढ वजारको वसपार्क वरीपरीका सवै होटलहरु वढी फोहोर भएकाले सरसफाई गर्न आग्रह गर्नुका साथै आगामी दिनमा यस्तो भेटिएमा कडा कार्वाही गरिने चेतावनी अनुगमन टोलीले दिएको छ ।

टोलीमा सहायक प्रजिअ भुसाल सहित वाणिज्य विभागका प्रतिनिधि ईश्वर राज सुवेदी, उद्योग वाणिज्य संघका कमल प्रसाद ढुंगाना, पत्रकार महासंघका तर्फवाट होम साउद, जिल्ला प्रशासनका लेखापाल हिरानन्द झा, घरेलु तथा साना उद्योग विकास समितिका विवेक चौधरी, स्थानीय अगुवा तिलक खत्री तिमिल्सेना, प्रहरी लगाएतको सहभागिता रहेको थियो । अनुगमन कार्यलाई निर,न्तर अगाडी वढाईने र सवै व्यापार क्षेत्रमा अनुगमन गरिने सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी