१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका चार स्थानीय तह पहिरोको उच्च जोखिममा

३१ श्रावण २०७४, मंगलवार ०२:२०

साउन ३१, बैतडी । बैतडीका चारवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौँडी नगरपालिका र मेलौली नगरपालिका पहिरोको उच्च जोखिममा रहेका छन् । 

विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भएपनि चारवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो । 

पहिरोको हिसाबले डिलाशैनीको बांगाबगर र रुद्रेश्वर उच्च जोखिममा छ भने दोगडाकेदारको सित्तड र न्वाली पनि उच्च जोखिममा रहेका छन् । 

यसैगरी, पुरचौँडी नगरपालिकाको मल्लादेही र मेलौली नगरपालिकाको विशालपुर पहिरोको उच्च जोखिममा रहेका छन् । ती ठाउँमा वर्षौंदेखि पहिरो खसिरहेकाले पहिरो रोकथामका लागि जिल्लास्तरबाट खासै पहल गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । ती ठाउँमा ठूलो पहिरो भएकाले स्थानीयस्तरको पहलले रोकथाम गर्न नसकिने बताइएको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा विपद्को सामना गर्नका लागि आवश्यक जनशक्ति, सामग्री, सीपलगायतको आँकलन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु