२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

धार्मिक महोत्सव २०७२ को कार्यक्रम उद्घाटन

२०७२, २५ मंसिर शुक्रबार ०२:०८

मङ्सिर २५, अछाम । अछामको साँफेबगरमा रहेको जनकल्याण माद्यामिक विद्यालयमा धार्मिक महोत्सव २०७२ को एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

महायज्ञ मुल आयोजक समितिका संयोजक शिलोज कुँवरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पुर्ब सुचना तथा संचार राज्य मन्त्री गोबिन्द बहादुर शाह प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अतिथि को आसन बाट बोल्दै शाहले अहिले को भौतिक बादि युगमा आध्यात्मिक बिचार का माध्यम बाट शिक्षा क्षत्र को बिकास का साथै मानबता को पनि रक्षा हुने बिश्वास ब्यक्त गर्नु भयो ।

उद्घाटन कनर्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि पुर्ब सभासद तथा नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरले यस्ता महायज्ञका माध्यम बाट राष्ट्र शान्ति समाज मा भातृत्व को भावना बिकास गर्दै शिक्षा क्षेत्र मा फड्को मार्ने बिश्वास ब्यक्त गर्नु भयो ।

साँफेबगरमा रहेको जनकल्याण माद्यामिक विद्यालयमा उच्च मा.बि.र प्राबिधिक कक्षा संचालन गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, धार्मिक महोत्सव २०७२ को आयोजना गरिएको धार्मिक महोत्सव आयोजक समितीले जनाएको छ । कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका नेता हर्कबहादुर साउद, नेपाली काँग्रेस जिल्ला सदस्य नरबहादुर कुँवर, नेकपा एमाले जिल्ला सदस्य कृष्णबहादुर शाह रहेका थिए ।

यस्तै नगर पालिका कार्यालयका प्रतिनिधि लक्ष्मी ढुङगाना, पुर्ब जिबिस सदस्य देब बहादुर कँवर, पुर्ब गाबिस अध्यक्ष डम्बर महता, महिला का तर्फ बाट एमाले अछाम का सदस्य अमृता खड्का, दलितका तर्फबाट दलित संघ अछाम का अध्यक्ष टक्कर ताम्राकार, बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष का तर्फबाट सूर्यचन्द्र उमाबि का बि.ब्य.समिति का अध्यक्ष अमर शाह लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रम मा स्वागत मनतब्य महायज्ञ का बरिस्ठ उपाध्यक्ष प्रेमबहादुर कुँवर ले राख्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन महासचिव ललित कुँवरले गर्नु भएको महायज्ञ मुल आयोजक समितिका उपाध्यक्ष लक्ष्मण खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी