डा. केसीको अनसनको समर्थनमा बयालपाटा अस्पतालका कर्मचारी आन्दोलित

Posted on: 15 Aug, 2017

पूर्णबहादुर खड्का/साउन ३१, अछाम । चिकित्सा शिक्षामा सुधारको माग गर्दै २४ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै बयालपाटा अस्पतालका कर्मचारीहरुले दबाब स्वरुप हातमा कालो पट्टी बाँधेर काम गरेका छन ।

अस्पतालका डाक्टर पवन अग्रवालले डाक्टर केसीको माग प्रति सरकार गम्भिर नभएको भन्दै उहाँको जीवन रक्षाका लागी दवाब स्वरुप कालो पट्टी बाध्रे दबाब दिदैँ काम गर्न सबै कर्मचारीलाई आग्रह गरेका थिए । डाक्टर केसीको समर्थमा ऐक्बद्धता जनाउदै सबै कर्मचारीहरुले हात हातमा कालो पट्टी बाँधेर बिरामीलाई उपचार सेवा दिएका छन ।

चिकित्सा शिक्षा धनी मात्र होइन, गरिबले पनि पढ्न पाउनुपर्छ, सेवा शहर, बजारमा मात्र होइन ग्रामीण भेगसम्म पनि पु¥याइनुपर्छ, यसको अत्यधिक व्यापारीकरण गर्नु हुँदैन भन्दै उहाँ लगातार अनसन बसिरहनु भएको छ । 

सरकारले उहाँको माग सम्बोधन नगर्दा उहाँ फेरी ११ औँ पटक अनसन बस्नु भएको हो । शैक्षिक क्षेत्रमा भईरहेको राजनीतिकरण, नियुक्तिका बिषयमा हुने चलखेलविरुद्ध पनि उहाँ निरन्तर लागिरहनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!