पढ्न करिब 1 मिनेट लाग्छ

जितेन्द्र खत्रि/साउन ३१, अर्घाखाँची । अर्घाखाँची युवा परिषद र साथी सहकारीको संयुक्त आयोजनामा परम्परागत रुपमा मनाउदै आएको रोपाई जात्रालाई पनि निरन्तरता दिने भएको छ ।

मंगलबार बसेको संयुक्त बैठकले परिषद र सहकारीको आज रोपाई जात्रा र रथ यात्रा निकालिने निर्णय गरेको छ ।

भोली भक्तिटोलामा रहेको शिवालय मन्दिरबाट रोपाई जात्रा निकाल्ने तयारी भईरहेको अर्घाखाँची युवा परिषदका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिनुभएको छ ।