२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मानव अधिकारको जति रटान गरेपनि ब्याबहारमा लागु भएन: न्यायधिश शर्मा

२५ मंसिर २०७२, शुक्रबार ०२:१३

कमल रावल/मङ्सिर २५, अछाम । ६७ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस एँव लैङगीक हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत खुल्ला कार्यक्रम मगलसेनमा सम्पन्न भएको छ ।

लैङगीक हिँसा निवारण समन्वय समिती अछामका अध्यक्ष एँव प्रमुख जिल्ला अधिकारी याम प्रसाद सवेदिको अध्यक्षताम भएको कार्यक्रममा जिल्ला न्यायधिश हरि प्रसाद शर्मा, उपाध्याप, पँगेनि प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथिती पँगेनिले मानव अधिकारको जति रटान गरेपनि ब्याबहारमा लागु नहुदा त्यसको औचित्य नरहने बताउनु भएको छ । नयाँ सविधान सबैका हक अधिकार सुनिश्चित भएको घोषणा भएता पनि वास्तविक रुपमा ब्याबहारमा लागु नभएको बताउनु भयो ।

सबैका लागि घरघरमा मानव अधिकार, शान्ति र विकसाको आधार भन्ने मुल नाराका साथ भएको कार्यक्रममा नेपाली काग्र्रेसका जिल्ला सदस्य विष्णु खडका, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र्र बोहरा, ऐकिकृत नेकपा माओवादिको मदन भुल, नेकपा माओवादिका काशिराम जैसि, राप्रपाका जिल्ला अध्यक्ष तेज बहादुर विष्ट, जिल्ला बार ईकाईका अध्यक्ष कृष्ण प्रसाद ढुगाना, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष सरस्वती रावल, पत्रकार महाँसघ अछामका उपाध्यक्ष जनकराज भण्डारी, गैसस महासघका अध्यक्ष खडक खडका, महिला अधिकार मञ्चका अध्यक्ष अप्सरा कुवरले मन्तव्य राख्नु भएको थियो ।

यस्तै कार्यक्रममा नारि चेतना केन्द्रका अध्यक्ष मना भण्डारी, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष मना अधिकारी, अछाम जेसिजका अध्यक्ष नमराज न्यौपाने लगाएतले आफनो भनाई राखेका थिए ।

कार्यक्रममा भएको देउडा प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय र सान्तवना हुनेलाई प्रमाण पत्र सहित पुरुस्कार वितरण गरिएको थियो । महिला बिकास अधिकृत भगवति अर्यालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन ईन्सेक अछामका प्रतिनिधी शिवराज ढुङ्गानाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन