२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका बाढीपीडितलाई राहत वितरण शुरु

३२ श्रावण २०७४, बुधबार ०३:५८

साउन ३२, तुलसीपुर (दाङ) | दाङका बाढीपीडितलाई विभिन्न समूहमा टोली खटाई राहत वितरण गरिएको छ । 

जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३, लमही नगरपालिका–८ र ९ तथा दंङ्गीशरण गाउँपालिकाका विभिन्न वडामा रहेका बाढीपीडितलाई मंगलबार राहत वितरण गरिएको हो । तुलसीपुर उपमहानगरपालिका ३८ परिवार, दंङ्गीशरण गाउँपालिका ३८ परिवार र लमही नगरपालिका– ८ र ९ का २५ परिवारलाई राहत वितरण गरिएको हो । 

राहत प्रदानका क्रममा बाढीपीडितले तत्काल गाँसबासको व्यवस्थापन गर्न माग गरेका छन् । उनीहरुले आफन्त र छिमेकीको घरमा शरण लिनुपरेको भन्दै राज्यले तत्काल पुनःस्थापनामा ध्यान दिनसमेत आग्रह गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीले राहत वितरण गरेको हो । जिल्ला दैविक उद्धार समिति, तुलसीपुर उपमहानगरपालिकासहित विभिन्न संघ संस्थाको सहयोगमा संकलन भएको राहतस्वरुप चामल, दाल, चिउरा, नुन, तेल र त्रिपाललगायतका सामग्री प्रदान गरिएको हो । 

उद्धारलगत्तै अहिले तत्कालका लागि स्थानीयस्तरमा संकलन गरिएको राहत एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो प्रजिअ श्रेष्ठले भन्नुभयो । 

बाढीका कारण विस्थापित परिवारमध्ये सरकारी विद्यालय, सामुदायिक वन समूहका भवनमा, केही ठाउँमा त्रिपालमा र कोही आफन्त कहाँ बसोबास गरेका छन् । दाङमा बाढीका कारण चार जनाको मृत्यु, २ जना घाइते, बाढीबाट १५३ घरघुरी विस्थापित भएका छन् । 

त्यसैगरी बढीबाट ११२ घर पूर्णरुपमा क्षति भएका छन् भने ३८ वटा घर आंशिक क्षति हुनुका साथै ४३१ घरबाढीबाट प्रभावित भएका छन् । 

यसैबीच आज बाढीपीडितका लागि उनीहरु बसोबास गरेकै स्थानमा स्वास्थ्य शिविर राखिने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ