१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विद्यार्थी हत्याको छानबिनको माग गर्दै क्याम्पसमा तालाबन्दी

३२ श्रावण २०७४, बुधबार ०४:०३

साउन ३२, भीमदत्तनगर | नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी गरेको छ । 

शनिबार बिहान क्याम्पस परिसरमा रहेको विद्यार्थी छात्राबासमा बिएस्सी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको रहस्यमय ढंगबाट हत्या गरिएको दाबी गर्दै अखिल क्रान्तिकारीले घटनाको यथातत्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दबाब दिन क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्रराज विष्टले बताउनुभयो । 

उहाँले घटना सुनियोजित भएको भन्दै विद्यार्थी हत्याको छानबिन नहुँदासम्म दबाब दिने जानकारी दिनुभयो । 

त्यसैगरी क्याम्पस प्रशासनसँग क्रान्तिकारी विद्यार्थी संगठनले जीर्ण अवस्थामा रहेको छात्राबासको मर्मत सम्भार गर्नसमेत माग गरेका छन् । अखिल क्रान्तिकारीका जिल्ला कमिटी सदस्य तथा पूर्व सिद्धनाथ विज्ञान क्याम्पस एकाइ कमिटी अध्यक्षसमेत रहेका मृतक जाग्रीको शव शनिबार बिहान छात्राबासमा घाँटी रेटिएको अवस्थामा भेटिएको थियो । 

घटनालगत्तै सुक्ष्म अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको छानबिनका क्रममा तालीम प्राप्त कुकुर प्रयोगदेखि घटनामा संलग्नताको आशंकामा नियन्त्रणमा लिएका केही व्यक्तिको छानबिनमा पोलिग्राफ मेसिनको समेत प्रयोग गरेको छ । प्रहरीले हालसम्मको घटनास्थलदेखि विवरणसम्म हेर्दा जाग्रीको हत्याभन्दा आत्महत्या हुनसक्नेतर्फ बढी संकेत गरिरहेको छ । 

त्यसैगरी अखिल क्रान्तिकारी कञ्चनपुरले मंगलबार मृतक जाग्रीको निधनको शोकमा भीमदत्तनगरमा शोकसभाको आयोजना समेत गरेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ घर भएका विद्यार्थी जाग्री विज्ञान क्याम्पसमा अध्ययनसँगै केही समययता चमेनागृहसमेत सञ्चालन गर्दै आएका थिए । मृतक जाग्रीको सोमबार महाकाली नदीमा अन्त्येष्टि गरिएको थियो । 

त्यसैगरी सिद्धनाथ विज्ञान क्याम्पसका अध्यापन गराउँदै आएका प्राध्यापकले रु २० हजार र यहाँस्थित रेडियन्ट उमाविले रु १० हजार गरी जम्मा रु ३० हजार आर्थिक सहयोग गरेको अखिल क्रान्तिकारीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु