२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

२७ मंसिर २०७२, आईतवार ०८:५४

शिक्षाको गुणस्तर बृद्धिका लागि सरोकारवाला सबैको जिम्मेवारी ः अध्यक्ष रावल
कमल रावल, मसिर २७, अछाम
नेपाल राष्ट्रिय शिक्षक सँगठन अछाम जिल्ला समिती अछाका अध्यक्ष नर बहादुर रावलले शिक्षाको गुणस्तर बृद्धिका लागि सम्बद्ध सबै सरोकारवाला एकजुट हुनु पर्ने बताउनु भएको छ । नेपाल राष्टिय शिक्षक संगठन ईलाका नम्बर १३ को भेलामा प्रमुख अथितीको आशन बाट बोल्दै रावलले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी शिक्षा संग सम्बन्धित विद्यालय व्यवस्थापन समिती, अभिभावक, विद्यार्थी र शिक्षक लगाएतको सहयोगले थप सहयोग पुग्ने बताउनु भएको थियो । उहाँले राजनितिक प्रभाब, अभिभाबक तथा शिक्षकले आफ्नो जिम्मेवारि बहन नगर्दा शैक्षिक अवस्था खस्किएको उहाँले बताउनु भएको छ । कार्यक्रममा बोल्दै रावलले आर्थिक अवस्था कमजोर रहेका कारण पनि शैक्षि अवस्थामा सुधार नभएको उहाँको भनाई थियो । जिल्लाको यो समस्या समाधान गर्न सबैको सहयोग नहुदा शैक्षिक गुणस्तर वृद्धीमा समस्या भएको बताउनुभएको छ । ईलाका अध्यक्ष पूर्ण वयकको अध्यक्षतामा भएको भेलामा जिल्ला उपाध्यक्ष लोकराज न्यौपाने, जानकी बोहोरा, सचिब यूवराज शर्मा, सहसचिब लोग बोहोरा, कोषाध्यक्ष गीता ढुङगाना, राम बहादुर शाही, सहकोषाध्यक्ष मुगा बोहोरा, जिल्ला सदस्य मनिराम भण्डारी, धर्म सिहं चलाउने, शुभकामना मन्तव्य राख्दै समग्र जिल्लाको शैक्षिक गुणस्तर वृद्धिका लागी निरन्तर शैक्षिक क्रियाकलापमा केन्द्रित हुने बताएका थिए । गणेश न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन चक्र विकले गर्नुभएको शिक्षक संगठन जिल्ला सदस्य अमर चलाउनेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी