लोकेन्द्र प्रशाद जोशी/भदौ १, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
लेकम गाउँपालिका ४ झलातीकी ३९ वर्षीय पार्वती पार्कीको घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार ज्यान गएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
मृतक पाार्कीका श्रीमान २ छोरा र एक छोरी छन् । नेकपा एमालेकी वडा कमिटी सदस्यसमेत रहेकी पार्कीको निधनप्रति एमाले दार्चुलाले शोक व्यक्त गरेको छ ।
दार्चुला जिल्लामा घास काट्ने बेला भिरबाट लडेर बर्षेनी धेरैले अकालमै ज्यान गुमाउँने गरेका छन ।