२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

राम्रो जन शक्ति उत्पादनका लागि जग देखिको नै शिक्षा राम्रो हुनु पर्ने: सँगठन पुर्ब अध्यक्ष अधिकारी

२०७२, २ पुष बिहीबार १३:३६

कमल रावल/ पौष २, अछाम । शैक्षिक क्षेत्रका लागि बनेका नितिहरु कार्यान्वयनमा आउन नसक्दा शैक्षिक क्षेत्रका विकृति अन्त्य हुन नसकेका एक कार्यक्रमका सहभागिले बताएका छन । राज्यले बनाएका निति कार्यान्वयनका लागि ब्यक्तिको नियतमा भर पर्ने उनिहरुले बताएका छन । सदरमुकाम मगलसेनमा भएको ऐकिकृत समता रणनिति बारे सचेतिकरण तथा शिक्षा क्षेत्रको बिकासका लागि आगामि दिशा परामर्श छलफल प्रक्रियामा सहभागि सरोकारवालाले अछाम जिल्लाको शैक्षिक क्षेत्रको गुणस्तर बृद्धिका लागि म एक भन्दा पनि हामी सबै भन्ने भावनाका साथ सबै अघि बढनु पर्नेमा जोड दिएका थिए । जिल्लाको शैक्षिक क्षेत्रको बृद्धिका लागि तल्लो सतह बाल बिकास केन्द्र बाट नै जग बलियो बनाउनु पर्ने बताए ।
accham1
अछाम जिल्लामा जहिले पनि राजनिति हाबि भएको कारण शैक्षिक क्षेत्र धरातलमा पर्दै गएकाले यसमा सुधार गर्दै लैजानु पर्ने बताउनु भयो । शिक्षाका लागि राष्ट्रिय अभियान ल्ऋभ् नेपाल, नेपाल सरकार शिक्षा विभाग, शिक्षा मन्त्रालयको आयोजना र युनिसेफको आर्थिक सहयोगमा भएको कार्यक्रमको सहजिकरणका लागि अछाम पुग्नु भएका नेपाल राष्ट्रिय शिक्षक सँगठनका पुर्व केन्द्रिय अध्यक्ष तथा शिक्षाका लागि राष्टिय अभियानका केन्द्रिय सल्लाहकार बाबुराम अधिकारीले अब भाबि दिनमा राम्रो जन शक्ति उत्पादनका लागि जग देखि नै शिक्षा राम्रो हुनु पर्ने बताउनु भयो । आफु अछाम आईपुग्दा शैक्षिक क्षेत्रमा थुप्रै समस्या देखिएकाले सम्बद्ध सबै सरोकारवालाको ध्यान जानु पर्ने बताउनु भयो । कार्यक्रममा सहभागि सबैको प्रश्नको उत्तर दिदै अधिकारीले अब सबैले पढाउने भन्दा सिकाउले शिक्षाको आवश्यकता ठानेकाले यसमा सबैले ध्यान दिनु पर्ने बताउनु भयो ।

अछाममा आएर बुझदा बिद्यार्थिका नाममा आउने छात्रबृति सही ढगले सदुपयोग नभएको सबै क्षेत्रबाट गुनासो आएकाले सही सदुपयोगको लागि नियमित अनुगम, सहकार्यको खाचो रहेको उहाँको भनाई रहेको थियो । साथै उहाँले जिल्ला शिक्षा कार्यालय अछामले भुगोलको आधारमा अनुगमनको पाटोलाई नियमितता दिनु पर्ने सुझाव दिनु भयो । साथै अभिभावक शिक्षाको कमि देखिएकाले शिक्षाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयले अभिभावक शिक्षालाई अभियानको रुपमा अघि बढाउनु पर्ने बताउनु भयो । कार्यक्रममा काठमाण्डौँ बिश्व विद्यालयका उप प्राध्यापक ईन्द्र राईले शिक्षा क्षेत्रको समता र रणनिती बारे सबैले जानकार हुनु अपरिहार्य रहेको बताउनु भयो । कार्यक्रमको अध्यक्षतमा गर्नु भएका अछामका जिल्ला शिक्षा अधिकारी सुरेश कुमार जोशिले सबै शिक्षक तथा अभिभावकाले आफनो राम्रो बनाई गौरवका साथ अघि बढनु पर्ने बताउनु भयो ।
achham 2
पहिले देखि नै जिल्लामा अनुगमनको कार्यको थालनी गरिसकेकाले अझै दरिलो बनाउदै लैजाने बताउनु भयो । शैक्षिक क्षेत्रका चुनौती समाधानका लागि एक्लै आफनो कार्यालयले केहि गर्न नसक्ने भएकाले सबैको साथ र सहयोग रहनु पर्ने उहाँको भनाई थियो । छलफल कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सँगठनका पुर्ब वरिष्ठ उपाध्यक्ष एँव केन्द्रिय सल्लाहकार झपट सिँह रावल, नेपाल शिक्षक सँघ अछामका अध्यक्ष पदमराज अधिकारी, नेपाल राष्ट्रिय शिक्षक सँगठन अछामका अध्यक्ष नर बहादुर रावल, ऐकिकृत अखिल नेपाल शिक्षक सँगठनका जिल्ला कोषाध्यक्ष हिक्मत थापा, पब्लीक प्राध्यापक सँघ अछामका अध्यक्ष धुब्रकुमार शाही, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरिदत्त जोशि, स्रोत ब्यक्ति नयन कुवर, महिला बिकास अधिकृत भगवति अर्याल, नेपाल पत्रकार महासघ अछामका उपाध्यक्ष जनक राज भण्डारी लगाएतले शिक्ष्ााँको क्षेत्रको सुधारका लागि आफनो तर्फ गर्ने सकिने सहयोगका लागि सधै प्रतिबद्ध रहने प्रतिबद्धता जनाएका थिए ।
साथै राज्यले बनाएका नितै नै कार्यान्वनमा नआउनु ठुलो चुनौती भएको गुनासो गरेका थिए । जिल्ला स्थित मालिका बिकास सँघ र पिसविन अछामको सँयोजनमा भएको छलफल कार्यक्रमको सञ्चालन शिक्षाका लागि राष्ट्रिय अभियान ल्ऋभ् नेपालका जिल्ला सँयोजक केशव रावल र पिसविन अछामका अधिकृत एँव सदस्य सचिव तपेन्द्र वलिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी