२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर हुने

२०७४, १ भाद्र बिहीबार ०६:५१

भदौ १, पोखरा । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको आयोजनामा आज ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’(शैक्षिक मेला) हुने भएको छ । 

शैक्षिक मेलाको सम्पूर्ण तयारी पूरा भएको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा एक्सपर्ट पोखराका निर्देशक रमेशकुमार थापाले जानकारी दिनुभयो । 

होटल बाराही लेकसाइडमा हुने फेयरमा अष्ट्रेलियाका १० वटा विश्वविद्यालय तथा क्याम्पसको प्रतिनिधित्व रहने छ । थापाका अनुसार उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो । “

फेयरमा अष्ट्रेलियाबाट आएका दक्ष काउन्सिलरले परामर्श प्रदान गर्नेछन्,” उहाँले भन्नुभयो, “उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान चाहने विद्यार्थीका लागि फेयर निकै उपयोगी हुने विश्वास लिएका छौँ ।” 

अस्ट्रेलियाको उच्च शिक्षासम्बन्धी सम्पूर्ण जानकारी फेयरबाट विद्यार्थीलाई प्रदान गरिने एक्सपर्ट मेल्वर्न, अष्ट्रेलियाका निर्देशक सरोजकुमार शर्माले बताउनुभयो । 

बाढी पीडितलाई रु पाँच लाख सहयोग 

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसअन्तर्गतको एक्सपर्ट फाउण्डेसनमार्फत बाढीपीडितको राहतका लागि रु पाँच लाख सहयोगको घोषणा गरिएको छ । 

एक्सपर्ट पोखराका निर्देशक थापाका अनुसार तराई क्षेत्रमा गएको बाढीले नेपाली पीडामा परेकाले थोरै भए पनि राहत पु¥याउने उद्देश्यले उक्त सहयोग प्रदान गर्न लागिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण