१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर हुने

१ भाद्र २०७४, बिहीबार ०६:५१

भदौ १, पोखरा । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको आयोजनामा आज ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’(शैक्षिक मेला) हुने भएको छ । 

शैक्षिक मेलाको सम्पूर्ण तयारी पूरा भएको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा एक्सपर्ट पोखराका निर्देशक रमेशकुमार थापाले जानकारी दिनुभयो । 

होटल बाराही लेकसाइडमा हुने फेयरमा अष्ट्रेलियाका १० वटा विश्वविद्यालय तथा क्याम्पसको प्रतिनिधित्व रहने छ । थापाका अनुसार उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो । “

फेयरमा अष्ट्रेलियाबाट आएका दक्ष काउन्सिलरले परामर्श प्रदान गर्नेछन्,” उहाँले भन्नुभयो, “उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान चाहने विद्यार्थीका लागि फेयर निकै उपयोगी हुने विश्वास लिएका छौँ ।” 

अस्ट्रेलियाको उच्च शिक्षासम्बन्धी सम्पूर्ण जानकारी फेयरबाट विद्यार्थीलाई प्रदान गरिने एक्सपर्ट मेल्वर्न, अष्ट्रेलियाका निर्देशक सरोजकुमार शर्माले बताउनुभयो । 

बाढी पीडितलाई रु पाँच लाख सहयोग 

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसअन्तर्गतको एक्सपर्ट फाउण्डेसनमार्फत बाढीपीडितको राहतका लागि रु पाँच लाख सहयोगको घोषणा गरिएको छ । 

एक्सपर्ट पोखराका निर्देशक थापाका अनुसार तराई क्षेत्रमा गएको बाढीले नेपाली पीडामा परेकाले थोरै भए पनि राहत पु¥याउने उद्देश्यले उक्त सहयोग प्रदान गर्न लागिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु