पढ्न करिब 4 मिनेट लाग्छ

भदौं १, कठमाण्डौँ । वि.सं २०४८ सालमा धादिङको निलकण्ठ नगरपालिका ८ मा एक सामान्य किसान परिवारमा जन्मिएका युवा नेता हुन् ठाकुर कुमाल ।

आफ्नो बाल्यकाल धादिङमै बिताएका कुमालले गाउँकै सरकारी स्कुलबाट एसएलसी पास गरेका थिए । निलकण्ठ बहुमुखि क्यामपसबाट स्नातकसम्मको अध्ययन गरेका उनले प्राविधिक विषय सिएमए पनि अध्ययन गरेका छन् ।

प्राविधिक शिक्षा पढे पनि राजनितिमा लागेका कुमाल नेपाली कांग्रेस निकट नेता मानिन्छन् । उनी नेपालि कांग्रेसको भातृ संगठन नेपाल तरुन दलको निलकण्ठ नगरपालिका वडा नम्बर ८ का अध्यक्ष समेत छन् ।

साथै युवाहरुको प्रतिनिधित्व गर्दै अगाडि बढेका उनी नेपाल कुमाल समाज सुधार समितिको महासचिव पनि छन् । हाल नेपाल भरका कुमालहरुको नेतृत्वदायि पदमा पुगेका उनी कुमाल जातिको उत्थान तथा विकासका लागि काम गरिरहेका छन् । यसै सन्दर्भमा कुमाल समाजमा उनको काम कर्तब्य र जिम्मेवारीका साथै उनको राजनितिक जिवनका बारेमा गरिएको कुराकानीको अंश ।

१. नेपाल कुमाल समाज सुधार समितिको महासचिव जस्तो पदमा हुनुहुन्छ, के कस्तो कामहरु गरि रहनु भएको छ ?

- कुमाल समाज सुधार समितिको महासचिव जस्तो पदमा छु । महासचिवले आफुले गनु पर्ने काम कर्तब्य र जिम्मेवारी बहन गरि राखेको छु । कुमाल जातिहरुको हक हित र अधिकारको लागि लडिरहेको छु । कुमाल जातिलाई राज्यको निर्णायक पंक्तिमा कसरी ल्याउन सकिन्छ भन्ने पक्षमा म लगायत मेरो संस्था सधैँ संघर्षरत छ ।

२. नेपाल कुमाल समाज सुधार समितिमा कसरि आवद्ध हुनु भयो?

- पाँचौ राष्ट्रिय महाधिवेसन नवलपरासिको अरुण खोलामा भएको थियो, त्यस समय धादिङ जिल्लाले मलाई प्रतिनिधि रुपमा सिपारिस गरेर पठाएको थियो त्यस महाधिबेसनबाट केन्द्रिय सदस्य हुन सफल भए र आफनो जाति समाजको लागि केहि गर्नुपर्छ भन्ने मनमा एक किसिमको भावना जाग्यो र यस संस्थामा आवध भए ।

३. सि.एम.ए को विद्यार्थी तपाई जातिय संस्थामा किन आवद्ध हुनुभयो ?

- म एउटा पिछडिएको समुदाएको व्यक्ति हुँ । म समाजमा नलाग्दै मेरो मनमा जे बुझाई थियो त्यो पढि रहे र स्वास्थ्यकर्मी बन्नुपर्छ भन्ने थियो र सि.एम.ए पास गरेर एक वर्ष जागिर पनि खाए र हाम्रो कुमाल समुदाय पछि परेको जाति यस जाति भित्र जहिले सम्म चेतन दिमाकले सबैलाई अगाडि बढाउन सकिदैन तब सम्म हाम्रो समुदाय कहिले अगाडि बढन् सक्दैन भन्ने कुरा मनमा लाग्यो अनि म आफनो जागिर छाडेर संस्थामा आबध भएको हुँ ।

४. जातिय संस्था समाज सेवा भन्दा पनि राजनिति गर्ने माध्यको रुपमा मानिन्छ,तपाई पनि त्यहि सोच लिएर लाग्नुभएको हो ?

- कुमाल समुदाय बाट राजनिति अग्र मोर्चामा कोहि नभएकोले पाटिगत रुपमा पनि अगाडि बढनु पर्छ भन्ने लाग्छ मलाई त्यहि भएर नेपालि कांग्रेसको भातृ संगठन नेपाल तरुन दलको निलकण्ठ न.पा वडा.न ८ अध्यक्ष समेत दिएको छ ।

५. तपाईको संस्थाले कुमालहरुको उथान्नको लागि के कस्तो कामहरु गरि राखेको छ?

- हामी यस कुरामा नाम बाटै स्पष्ट हुन्छौँ र विभिन्न ठाँउमा छहरिएर रहेको कुमालहरुलाई एकै ठाँउमा आबध गराउन चाहन्छौ, हामिले समाज सुधार समिति नाम किन राखेको छौ भने हामि छहरिएर बसेका छउ र हाम्रो समाजले त्यसलाई एकैठाउँमा राखेर जातिय पहिचानको लागि अगाडि बढन् चाहन्छौँ । हाम्रो संथाको उद्देश्य पनि यहि हो ।

६. राज्यले कुमाल जातिको उपेक्षा गरेकै हो त ?

- केहि मात्रामा गरेको पनि छ । तर पछिल्लो समय हामी अधिकारका लागि लडेपछि राज्य केहि सजग भएको छ । हाम्रो अधिकारहरु हामीले पाउने क्रममा छौँ तर पूर्णरुपमा पाईसकेको अवस्था भने होईन् । हामी पिछडिएको वर्गहरुलाइ खास राज्यबाट पाउनु पर्ने अधिकार सेवा सुविधाहरु नपाई राखेको अबस्था हो र पाउँनु पर्छ भन्ने माग सवल रुपमा उठाई राखेका छौँ । जब सम्म हाम्रो मागको सुनुवाई राज्यबाट हुँदैन तब सम्म हामी असन्तुष्ट रहिरनेछौँ ।

७. अन्तमा कुमाल समुदायको लागि तपाईको सन्देश के छ ?

- अन्त्यमा म कुमाल आमा बुवा, दाजु भाई र दीदि बहिनिहरुलाई के भन्न चाहन्छु भने हामिले आफुले आफनो मुल्याङकन गर्न सकेका छैनउ नेपालमा धेरै किसिमको जातजाति बसछउ विभिन्न भासा भासि बोल्छउ आफनो सस्कृति छ त्यस भित्र पनि उत्किष्ट भाष सस्कृति भएको हाम्रो कुमाल समुदाय पनि हो त्यसलाई मुल्याङकन गर्न नसकेर पछि परेको जस्तो लाग्छ अरु सँग के छ भन्दा पनि म सँग के छ भनेर मैले पनि केहि गर्न सक्छु भने अगाडि बढयो भने हाम्रो पहिचान बचाउन सक्छौँ र हामि बाँच्न सक्छौँ भनेर अगाडि बढन अनुरोध गर्न चाहन्छु ।