२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

युवाहरुको भुमिका बिषयक अनुशिक्षण कार्यक्रम मंगलसेनमा सम्पन्न

२०७२, ३ पुष शुक्रबार १३:४३

पुस ३, अछाम । स्थानिय स्तरको योजना तर्जुमा र कार्यन्वयनमा युवाहरुको भुमिका बिषयक अनुशिक्षण कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।

यूएनएफपीएको सहयोग तथा जिल्ला विकास समिती अछाम र जिल्ला युवा सञ्जालको आयोजनामा भएको अनुशिक्षण कार्यक्रममा युवाहरुको वर्तमान अवस्था, योजना तर्जुमा प्रक्रियामा युवाहरुको सहभागिता, राष्टिय युवा नीति आदिवारे छलफल गरिएको छ ।

छलफल कार्यक्रमवाट अव हुन लागेका गाँउ तथा नगर परिषदहरुवाट युवाहरुको क्षेत्रमा पनि निश्चित रकम बिनियोजनका लागि दवाव दिने निष्कर्ष निकालिएको छ ।

यस्तै युवा सूचना केन्द्र स्थापनाका लागि प्रत्यक गाविस र नगरपालिकाहरुवाट आवस्यक बजेटको ब्यावस्था गरिदिन पनि अनुरोध गरिएको छ । जिल्ला युवा सञ्जालका अध्यक्ष मदन कुमार भुलको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको सहजिकरण जिविस अछामका सामाजिक विकास अधिकृत खडक बिष्टले गर्नुभएको थियो ।

अनुशिक्षणमा ईलाका युवा सञ्जाल ईलाका नम्वर ८ अन्र्तगतका झण्डै २५ जना युवाहरुको सहभागिता रहेको थियो । यसैबिच ईलाका युवा सञ्जाल ईलाका नम्वर ८ को बैठक पनि बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

ईलाका अध्यक्ष होम साउदको अध्यक्षतामा भएको बैठकले ईलाका सञ्जालका निष्कृय पदाधिकारीलाई हटाई अन्य नयाँ सदस्यहरुलाई समेटेको छ । जसमा सचिव पदमा गोविन्द भण्डारी, सह सचिवमा पूर्ण बिक, कोषाध्यक्षमा मेनुका ढुंगाना लगायत अन्य ५ जना सदस्यहरु पनि हेरफेर गरिएको छ ।

यस्तै बैठकले सञ्जालको जिल्ला अधिवेशनका लागि ५ जना प्रतिनिधी र ७ जना पर्यबेक्षक पनि छनौट गरेको छ । बैठकमा जिल्ला युवा सञ्जालका अध्यक्ष मदन भुल, उपाध्यक्ष बम स्वार लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो । यस्तै घोडासैन गाबिसमा एक दिने ऐकिकृत योजना तर्जुमा प्रक्रिया सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रममा लक्षित वर्गको बजेट रकम लक्षित वर्ग सम्म कसरी पुरयाउने र बस्ती स्तरबाट लक्षित वर्गका मागलाई वडा स्तरमा र गाउ स्तरमा कसरी पुरयाउने बिषयमा स्थानिय सरकारको जवाफदेहिता परियोजना अछामका सुशासन अधिकृत हिक्मत धामिले जानकारी गराउनु भएको थियो ।

गाबिस स्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, वडा नागरिक मञ्चका पदाधिकारी, महिला, दलित, वालवालिका, कृषि वन तथा वातावरण समितीका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक गोबिन्द बिष्टले गर्नु भएको स्थानिय सहजकर्ता जमुना बिष्टले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी