२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नगरिकलाई शुसुचित पार्न रेडियो रामारोशनको महत्वपुर्ण योगदान

३ पुष २०७२, शुक्रबार १३:४५

कमल रावल/पुस ३, अछाम । समुदायको साथि रेडियो रामारोशन अछाम ८ बर्ष पुरा गरि ९ औँ बर्ष प्रबेश अबसरमा अछाम जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालयका प्रमुख, गैरसरकारी सस्थाका प्रमुख र कलाकारले शुभकामना सन्देश ब्यक्त गरेको छ ।

सदुरपश्चिमको अछाम जिल्लामा २०६३ सालमा स्थापना भई २०६४ सालमा आफनो सेवा आरम्भ गरेको रेडियोले समाज परिवर्तनका लागि अग्रणि भुमिका खेलेकाले आगामि दिनमा पनि निरन्तर अघि बढी रहन शुभकामना दिएका थिए ।

जिल्लामा बिकास निर्माणमा अनियमित्तता हुन नदिन रेडियोको माध्यमबाट खबरदारि गरि रेडियोले जनतालाई शुसुचित गरिरहेकाले आगामि दिनमा पनि यस्तै कार्यका साथ अघि बढन अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदिले गर्नु भएको थियो ।

९ औँ बर्ष प्रवेशको अबसरमा शुभकामना दिदै अछामका प्रहरी प्रमुख डिएसपि दिलिप सिँह देउवाले अछामको शान्ति सुरक्षा, जुवा तास नियन्त्रणका लागि रेडियोले ठुलो योगदान दिएकाले आगामि दिनमा जिल्लामा यस्तै साथ र सहयोगको आशा रहेको बताउनु भयो ।

अछाम जिल्लामा शैक्षिक क्षेत्रको सुधारका लागि रेडियो रामारोशनको अग्रणि भुमिका रहेको भन्दै जिल्ला शिक्षक् अधिकारी सुरेश कुमार जोशिले आगामि दिनमा समग्र शैक्षिक क्षेत्रको सुधारका लागि जिल्लामा भएका शैक्षिक क्षेत्रका राम्रा राम्रा गतिविधी गाउ गाउमा पुरयाई जनतालाई जानकार गराउनु पर्ने बताउनु भएको थियो ।

शुभकामना सन्देश दिदै जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालले अछामका दुर दराजका क्षेत्रका नागरिकले आफनो कार्यालयले आयोजना गर्ने स्वास्थ्य शिबिरका बारेमा रेडियो मार्फत नै सन्देश सुनेर जानकार भएकाले रेडियोको आज सम्मको काम प्रशसा गर्न रहेको बताउनु भयो ।

आगामि दिनमा पनि स्वास्थ्य क्षेत्रका सबै गतिविधीलाई प्राथमिकता दिदै अघि बढनु पर्ने सुझाव दिनु भएको थियो । अछामका महिला बिकास अधिकृत भगवति अर्यालले जिल्लामा हुने सामाजिक अभियान छाउपडी गोठमुक्त, वाल बिबाह मुक्त, बहुविबाह मुक्त लगाएतका अभियानलाई सफल पार्नका लागि रेडियोले सधै साथ दि रहन आग्रह गर्नु भयो ।

सोही अबसरमा गैरसरकारी सँस्था मँहासघ अछामका अध्यक्ष खडका खडकाले सँघ सँस्थाले गर्ने काम चुस्त दुरुस्त देखाउनका लागि रेडियोको महत्वपुर्ण भुमिका रहने भएकाले सधै आफनो काम कर्तव्य रेडियोले भुल्न नहुने भनाई राख्नु भयो ।

यति बेला रेडियोले गरेका सबै काम आफुले भन्दा पनि स्रोताले मुल्याकन गर्नु पर्ने बेला आएका बताउनु भयो । बार्षिक उत्सवको अबसरमा सुदुर पश्चिमका धरोधर कलाकार सुर्य बिरही साउद, महेन्द्र बिक, झँकर कुवर, नरेन्द्र रावल, टँक तिमिल्सैना लगाएतले शुभकामना दिदै सुदुरपश्चिमको कला, सस्कृति जोगाउन रेडियोले महत्वपुर्ण योगदान गरेकाले आगामि दिनमा पनि आफनो सस्कृतिलाई बचाई राख्न अघि बढनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन