२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

परशुराम नगर प्रमुख साउदको निजी लगानीमा सडक ग्राभेल

२०७४, २ भाद्र शुक्रबार ०७:१४

भदौ २, डडेल्धुरा । स्थानीय निकायको निर्वाचन जितेको एक महिनामै परशुराम नगरपालिकाका प्रमुख सडक सुधारमा लगानी गरिरहेका छन् । 

डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले आफ्नै लगानीमा विभिन्न सडकमा ग्र्राभेल गर्ने कार्य सुरु गर्नुभएको छ । सडकमा खाल्डाखुल्डी र हिलाम्य भई सर्वसाधारणले कष्टकर जीवन भोग्न थालेपछि जनताको समस्यालाई मध्यनजर गर्दै उहाँले निजी लगानीमा ग्र्राभेल गर्नुभएको हो । 

नगरपालिकाबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने बताउँदै आएका साउदले उक्त रकम जनताको र नगर कमिटीको सहमतिमा नगरको विकासमा खर्च गर्ने समेत बताउँदै आएका छन् । 

नगर प्रमुखमा निर्वाचित भइसकेपछि परशुराम नगरको हरेक विकासका लागि लागि पर्ने भएकाले सो कुराले परशुरामवासी जनतालाई केही हदसम्म राहत हँुदै आएको छ । 

परशुराम नगरपालिकाका प्रमुख साउदको व्यक्तिगत लगानीमा परशुराम नगरपालिकाका–१, २ र ४ का ग्रामीण सडकमा ग्राभेल गरिएको हो । परशुराम नगरपालिकाको जोगबुडा रुपाल सडकखण्ड र कटालको कालिगोई बजार जोड्ने तथा लालढुंगा बजारदेखि गोजा कटाल जोड्ने करिब ५०० मिटर ग्रामीण सडक खण्डमा ग्राभेल गरिएको परशुराम नगरपालिका–१२ का वडा अध्यक्ष गणेशप्रसाद जोशीले बताउनुभयो । 

खाल्डाखुल्डी भएको ग्रामीण सडकमा ग्राभेल गरिएसँगै स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको स्थानीय कलावती भट्टराईले जानकारी गराउनुभयो । 

वर्षाको समयमा हिलाम्य ग्रामीण सडकमा आवतजावत गर्न स्थानीयवासीको दुःखलाई मध्यनजर गरी ग्राभेल गरिएको प्रमुख साउदको भनाइ छ । 

स्थानीय जनताका समस्यालाई समाधान गर्न आफू तयार रहेको प्रमुख साउदको भनाइ छ । भित्री मधेस क्षेत्रको विकासका लागि सर्वसाधारण, सरोकारवाला निकाय र राजनीतिक दलले सहयोग गर्नुपर्नेमा नगरप्रमुख साउदले जोड दिनुभयो । 

साउदको व्यक्तिगत लगानीमा हिलाम्य सडकमा भएका खाल्डाखुल्डीमा ग्राभेल गरिँदा गाडी सञ्चालनमा सहज भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला