१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइतबार यो वर्षकै ठूलो सूर्यग्रहण, नासाले दियो साबधानका लागि यस्ता पाँच टिप्स

३ भाद्र २०७४, शनिबार ०९:५९


भदौ ३, काठमाडौँ । आइतबार यो वर्षकै ठूलो सूर्य ग्रहण लाग्ने भएको छ । दुर्इ हप्ताअघि चन्द्रग्रहण लागेको थियो । 

ज्योतिषशास्त्रका अनुसार, चन्द्र र सूर्य ग्रहण खगोलिय घटना भएपनि यिनीहरुको असर मानिसको जीवनमा समेत पर्ने गर्दछ । तर ग्रहण नदेखिने स्थानमा भने यसको असर नपर्ने खगोलविदहरु बताउँछन् ।

यसपटक भदौ ४ का दिन सूर्यग्रहण लाग्ने छ । नेपाली समय अनुसार, यो ग्रहण राती ९ बजेर ३० मिनटमा शुरु भएर दुई बजेर ४९ मिनेटमा समाप्त हुनेछ । नेपालमा भने यो बेला रात पर्ने भएकोले यहाँबाट सूर्य ग्रहण देखिने छैन । यो ग्रहणलाई वर्ष २०१७ को सबैभन्दा ठूलो ग्रहणका रुपमा लिइएको छ ।

मानिसहरुको ग्रहण प्रतिको उत्सुकतालाई लिएर संसारकै सबैभन्दा ठूलो अन्तरिक्ष एजेन्सी नासाले यो सूर्य ग्रहणको लाइभ टेलिकास्ट गर्ने भएको छ । आफै सूर्य ग्रहणलाई क्यामरामा उर्तान चाहनेहरूका लागि यस्ता सवधानी अपनाउन आग्रह गरेका छन् । नासाले सुझाएका यी सावधानीका बारेमा जाने सूर्य ग्रहण जस्तो अद्भूत खगोलीय घटनालाई क्यामरामा उर्तान कुनै किसिमको समस्याको सामना गर्नुपर्दैन ।

१. सुरक्षाको ख्याल राख्नुहोस् : सूर्य ग्रहणको तस्विर खिच्ने क्रममा क्यामरामा सोलार फिल्टर अवश्य राख्न्होला । साथै तस्विर खिच्ने बेलामा आफ्नो आँखालाई अल्ट्राभायलेट किरणबाट जोगाउन चश्मा लगाउनुहोस् । जब चन्द्रमाले सूर्यलाई पुरै ढाकेपछि क्यामराबाट सोलार लेन्स हटाउनुहोस् ताकी तपाईंले सूर्यको बाहिरी आवरण देख्न सक्नुहुन्छ । साथै तस्विर लिँदा ट्राईप्याड पनि साथमा राख्नुहोस् ताकी फोटो खिच्दा क्यामरा हल्लेर तस्विर ब्लर हुन नपाओस् ।

२. कुनै पनि क्यामराले तस्विर खिच्न सक्नुहुन्छ : सूर्य ग्रहणको तस्विर तपाईंहरुले कुनै पनि क्यामराले खिच्न सक्नुहुन्छ । तपाईं आफ्नो मोबाइल या कुनै पनि डिएसएआिर क्यामराले तस्विर खिच्न सक्नुहुन्छ । यदि तपाईंको क्यामरामो जूम लेन्स छैन भने पनि ल्याण्डस्केप सट्सबाट तस्विर खिच्नुहोस् । यसरी तपाईंले सूर्य ग्रहणको निकै राम्रो तस्विर खिच्न सफल हुनुहुनेछ ।

३. आकाशको साथसाथै वरपरको तस्विर पनि खिच्नुहोस् : तपाईं केवल सूर्य ग्रहणको मात्र तस्विर नखिच्नु होला । सूर्य ग्रहण हुँदा खगोलमा खिच्न लायक धेरै कुराहरु हुन्छन् । जस्तै यदि तपाईंले सूर्य ग्रहणको बेलामा एउटा रुखको तस्विर खिचे पनि त्यसले सूर्य ग्रहणको समयलाई निकै राम्ररी बयान गर्छ ।

४. यो उपाय अप्नाउनुहोस् : सूर्य ग्रहणको समयमा सूर्यको किरण कम हुन्छ । यस्तो समयमा तपाईं तस्विर एक्सपोजरलाई एडजस्ट गनर्सहोस् । DSLR क्यामराले तस्विर खिच्ने क्रममा अपर्चर f/8 देखि f/16 बनाउनुहोस् । सटर स्पिड 1/1000 देखि 1/4 सेकेन्ड बनाउनुहोस् । यस्तो गर्नाले सूर्य ग्रहणको तस्विर राम्रो आउँछ ।

५. फोटोग्राफीको अनुभव सटासट गर्नुहोस् : सूर्य ग्रहणको तस्विर आफ्ना साथीहरु देखाउनुहोस् र आफ्नो अनुभव सटासाट गर्नुहोस् । तपाईंको तस्विर हेरर मानिसहरुले तपाईंको सूर्य ग्रहणको तस्विरले कति सूर्य ग्रहणको बयान गरेको छ बताउँछन् र अर्को सूर्य ग्रहणको तस्विर लिने क्रममा तपाईंले आफुलाई सुधार्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु