पर्वत ।  तीजको रौनक नजिकिदै छ । दिदीबहिनी भएका दाजुभाइहरु दिदीबहिनीहरुलाई घरमा बोलाएर मिठा परिकार सहित माया प्रेम र स्नेह साटसाट गरेका छन् ।  शहर बजारमा दिदीबहिनीहरु जम्मा भएर दर खाने कार्यक्रमको आयोजना गरेर रमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  तीजको रौनक नजिकिदै छ । दिदीबहिनी भएका दाजुभाइहरु दिदीबहिनीहरुलाई घरमा बोलाएर मिठा परिकार सहित माया प्रेम र स्नेह साटसाट गरेका छन् ।  शहर बजारमा दिदीबहिनीहरु जम्मा भएर दर खाने कार्यक्रमको आयोजना गरेर रमा"/>
१० माघ २०८२, शुक्रबार
पर्बत - PBT

कैदीबन्दीलाई सिसेफ महिला समुहले दर खुवायो

४ भाद्र २०७४, आईतवार ०२:३८

पर्वत ।  तीजको रौनक नजिकिदै छ । दिदीबहिनी भएका दाजुभाइहरु दिदीबहिनीहरुलाई घरमा बोलाएर मिठा परिकार सहित माया प्रेम र स्नेह साटसाट गरेका छन् ।  शहर बजारमा दिदीबहिनीहरु जम्मा भएर दर खाने कार्यक्रमको आयोजना गरेर रमाइलो गरीरहेका छन् । 

हुनेखानेका लागि  तीज महिनौ दिनसम्म चल्छ तर हुदाँ खानेहरुको लागि भने तीज खल्नोनै छ । गाउँघरमा दिदीबहिनी माइती घरमा ल्याउनको लागि दाजुभाइहरु जुट्न थालेका छन् । गाउँको परिवेश पनि यतिबेला तीजमय बन्दै गएको छ । 

शहरमा तीज आउनुभन्दा एक महिनादेखिनै दिदीबहीनीहरु जम्मा भएर दर खाने, नाच्ने गाउँने गर्छन । जून पछिल्लो समयमा निकै भड्कीलो र कुुुुसंस्कारका रुपमा पनि विकशित पनि भएको छ । तीज पर्व हिन्दु नारीहरुको महान् चाड हो । चाडलाई चाडको रुपमा मनाउनुपर्छ । पछिल्लो समयमा तीजमा भित्रिएको विकृतिले समाजलाई कुसंस्कारको बाटोमा लैजादै छ यस बारेमा संस्कृतविदहरु समेत लाग्नुपर्ने देखिन्छ ।

पर्वतमा तीज नजिकिएसँगै महिला दिदीबहिनीहरु सामुहिक दर खाने कार्यक्रममा निकै व्यवस्त हुन थालेका छन् । यसैविच सामाजीक क्षेत्रमा क्रियाशिल सिसेफ महिला समुहले जिल्ला कारागारमा रहेका महिला कैदी बन्दीलाई दर खुबाएको छ ।   कारागार     परिसरमै कारगारमा रहेका महिला बन्दीहरुलाई दर खुवाईएको हो ।

महिला बन्दी गृहमा महिलाहरूलाई दर खुवाउनुका साथै बन्दी महिलाहरुलाई तिजको झल्को मेटाउने काम गरेको सिसेफ महिला समुहकी अध्यक्ष ईश्वरी पाठकले       बताइन् । कैदबन्द हुनु भनेको स्वतन्त्र नहुनु हो । स्वतन्त्र भएका दिदीबहिनीहरुले जसोतसो तीजमा दर खाए मनाउने गर्छन तर कैद जीवन विताएका महिला दिदीबहिनीहरुलाई यो अबसर मिल्दैन त्यसैले हामीले कैद जीवन विताएका दिदीबहिनीहरुलाई पनि दर खुवाउ र माइतीको झल्को मेटाउन भन्नेको लागि दर खुवाउने कार्यक्रमको आयोजना गरिएको हो उनले भनिन् ।

दर खुवाउने कार्यक्रमकका अवसरमा बोल्दै कुश्मा नगरपालिका वडा नम्बर ५ कि वडा अध्यक्ष चित्रकला भारतीले विभिन्न कारणले जेल जिवन बिताउन बाध्य भएका महिलाहरूसँग शुभकामना साटासाट गर्न र आत्मीयता बढाउन यस्ता कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् । महिला बन्दीहरुलाई आफ्ना दिदीवहिनी सम्झेर दरखुवाउने कार्यक्रम राखेकामा उनले महिला समुहलाई धन्यबाद समेत ज्ञापन गरिन् ।

सिसेफ महिला समुहले गत बर्ष पनि महिला बन्दीहरुलाई दर खुबाएर महिलाहरुको झल्को मेटाउने काम गरेको र यसलाई सधै  निरन्तरता दिईरहने महिला समुहकी सचिब कामना रेग्मीले बताइन ।

पर्व मनाउन पाउनु सबैको अधिकार भएकोले बाहिर निस्केर तिज मनाउन नपाएका महिलाहरूसँग खुसि साटासाट गर्न कार्यक्रम आयोजना गरिनु फलदायि रहेको सिसेफ नेपालका अध्यक्ष थम नारायण पौडेलले बताए  ।

एकता युवा क्लबले पनि तीजकै अबसर पारि जिल्लामा बृहत दर खाने कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा नारी सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु