प्यूठानमा नयाँ प्रमुख जिल्ला अधिकारीको स्वागत

Posted on: 20 Aug, 2017


सागर शर्मा | भदौ ४, प्युठान | प्यूठानका नयाँ प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेलाई पतञ्जली योग सिविर प्युठानले स्वागत गरेको छ । आईतबार विहान प्यूठान उद्योग वाणिज्य संघको सभाहलमा योग अभ्यास सहित प्रजिअ घिमिरेलाई स्वागत गरिएको हो ।

कार्यक्रममा प्रजिअ घिमिरेले आफू नागरिकता र राहदानी बाड्ने काममा मात्र सिमित नभएर सामाजिक कुरिती र कुसंस्कार हटाउने अभियानमा समेत लाग्ने बताउनुभयो । जिल्लाका विभिन्न सरोकारवालासँग समन्वय गरि जिल्लाको विकास निर्माणका गतिविधिलाई अगाडी बढाउन सहयोग र समन्वय गर्ने उहाँको भनाई छ ।

जिल्लामा योग हल नभएको भन्दै उहाँले योगहल बनाउनको लागि सहयोग गर्ने वताउनुभयो । योग व्यक्तिगत जीवनका लागि महत्वपूर्ण पक्ष भएकाले नियमित योग गरेर स्वस्थ्य बन्नुपर्ने सुझाव दिनुभयो । 

कार्यक्रममा पतञ्जली योग सिविर प्यूठानका अध्यक्ष केदारमान कक्षपतिले प्रजिअ घिमिरेलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले योगबाट मन शान्त हुने र शरिर स्वस्थ्य हुने हुदा योग सबैले गर्नुपर्ने वताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!