२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भट्टराईको नाम हटाइएकोमा प्रेस युनियन अछामद्धारा घोर भत्र्सना

२०७२, ८ माघ शुक्रबार १६:०४

माघ ८ अछाम । वर्तमान सरकारले आमसञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठानवाट पूर्व प्रधानमन्त्रि कृष्णप्रसाद भट्राईको नाम हटाँउन लागेको भन्दै नेपाल प्रेस युनियन जिल्ला समिती अछामले बिज्ञप्ति मार्फत बिरोध गरेको छ ।

पूर्व प्रधानमन्त्रि शुसील कोईराला नेतृत्वको सरकारले बजेट मार्फत नेपाल सरकारको संस्थापक सभापति एवम सन्त नेता पूर्व प्रधानमन्त्रि कृष्णप्रसाद भट्राईको नाममा आमसञ्चार प्रशिक्षण राष्टिय प्रतिष्ठान स्थापना गरेकोमा वर्तमान सरकारले भट्राईको नाम हटाउन लागेको भन्दै आफ्नो गम्भिर ध्याँनाकर्षण भएको प्रेस युनियनले जनाएको छ । सञ्चार मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी सो प्रस्ताव मन्त्रिपरिषदमा लैजाँने तयारी गरेको, प्रतिष्ठान गठन आदेशमा पक्षपात ढंगले प्रतिष्ठानको नाम परिवर्तन गरी राष्टिय आमसञ्चार प्रतिष्ठान राखिएकोमा प्रेस युनियन अछामले घोर भत्र्सना गरेको छ । आमसञ्चार प्रतिष्ठानवाट भट्राईको नाम मन्त्रिस्तरीय निर्णयवाटै हटाँउने कार्य कानुन बिपरित रहेको र प्रतिष्ठानले पूर्णता नपाँउदै यस्तो निर्णय हुनुले सञ्चार क्षेत्रमा ठुलो निराशा छाएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रेस युनियन जिल्ला समिती अछामका अध्यक्ष जनकराज भण्डारीद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा मुलुकभरका आम सञ्चारकर्मीहरुको भावनालाई मध्यनजर गर्दै सरकारले लिन लागेको उक्त निर्णय तुरुन्त सच्याउन माग पनि गरिएको छ । नेपाल पत्रकार महाँसंघको स्मारिकामा पनि भट्राई संस्थापक सभापति भएको उल्लेख भईरहेको भएतापनि सरकारले नै पत्रकार महाँसंघको ईतीहाँस मेट्ने चेष्टामा लाग्नु निन्दनीय भएको उल्लेख गरिएको छ । तत्काल यो निर्णयलाई सच्याईएन भने प्रेस युनियन कडा आँन्दोलनमा उत्रिने बिज्ञप्तिमा उल्लेख गरिएको छ । साथै आफ्नो ईतीहाँस जोगाँउने अभियानमा सहयोग गर्न नेपाल पत्रकार महाँसंघ लगाएत सम्वन्धित सरोकारवाला लाई ध्याँनाकर्षण गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी