पढ्न करिब 2 मिनेट लाग्छ

इन्द्र ब बुढाथोकी/भदौ ५, सल्यान । बन्गाड कुपिण्डे नगरपालिकाका १२ वटै वडामा सचिव बिहिन भएका छन् ।

स्थानीय तहको निर्वाचन पश्चात सचिवहरु सरुवा भएर गएको र नयाँ सचिव नआउदा नगरपालिकाका १२ वटै वडा सचिव बिहिन भएका हुन् । सचिव नहुँदा सर्वसाधरणहरु कार्यालयबाट रित्तो हात फर्किनु पर्ने बाध्यता रहेको छ ।

निर्वाचन पछि भएका सचिवहरु सबै सरुवा भएर गएको र नयाँ सचिवले आउन नमानेका कारण समस्या भएको बन्गाड कुपिण्डे नगरपालिकाका कार्यकारी अधिकृत हरि बहादुर खत्रीले जानकारी दिनु भयो ।

वडा सचिवहरु नहुँदा जनप्रतिनिधिहरुलाई काम कसरी गर्ने भनेर अन्यौलता बढेको उहाँको भनाई रहेको छ । आवश्यक कर्मचारीको व्यवस्थापन हुन नसक्दा सेवाग्राहीले छिटो छरितो र सुलभ ढंगले सेवा पाउन नसकि रहेको अधिृकत खत्रीले बताउनु भयो ।

उहाँले भन्नुभयो- निर्वाचन भएको दुई महिना पुगी सक्यो तर कर्मचारीको व्यवस्थापन हुन सकि रहेको छैन अनि कसरी सिमित कर्मचारीले सेवाग्राहीलाई छिटो छरितो सेवा दिन सक्छ ।

जनताबाट निर्वाचित मेयर तथा उपमेयर समेत एक महिनादेखि कार्यालयमा नआएको सेवाग्राहीको भनाई रहेको छ । नगरसभा पछि मेयर उपमेयर कार्यालयमा जति पटक आउदा पनि भेट्न नपाएको एक स्थानीयले बताए ।

उनले भने नगरपालिकाबाट एउटा सिफारिस लिनु थियो सिफारिसका लागि धेरै पटक कार्यालयमा गए तर कहिलै मेयर र उपमेयरलाई भेटन सकिन। गाउँमै कार्यालय आएपछि कामकाज छिटो होला भनेको त झनै ढिला पो हुने रहेछ ।

एकातिर आवश्यक कर्मचारीको अभाव अर्कोतिर भएका कर्मचारीहरुबाट पनि काम छिटो नगरि दिदा सेवाग्राही बढि प्रभावित भएका छन् ।