२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

छाक टार्न गिट्टी कुट्ने बृद्धलाई बिदेशमा रहने नेपालीबाट ६३ हजार ५ सय सहयोग

१३ माघ २०७२, बुधबार ०४:३०

कमल रावल/ माघ १३, अछाम । अछाम सदरमुकाम मंगलसैन–५ की एक बृद्ध महिलालाई अन्नपूर्ण अनलाईनमा फोटो प्रकाशित भए पछि बिदेशबाट नगद सहयोग प्राप्त भएको छ । साँझ बिहानको छाक टार्न सडक छेवैमा गिट्टी कुट्दै आएकी ७५ वर्षिया जलु बिकको गिट्टी कुट्दै गरेको फोटो अन्नपूर्ण पोष्टको अनलाईनमा प्रकासिश भए पछि बिदेशमा रहेका नेपालीबाट ६३ हजार पाच सय नगद सहयोग प्राप्त भएको हो ।
achham news

सहयोग स्वरुप प्राप्त उक्त रकमको चेक आज पत्रकार शिवराज खत्रीले जलुलाई उनी गिट्टी कुटिरहेको स्थानमै गएर हस्तान्त्रण गर्नुभयो । अनलाईमा प्रकाशित भएको उक्त फोटो हेरेर बाग्लुङमा घर भई हाल लण्डनमा रहने कृष्ण प्रसाद शर्माको पहलमा उक्त रकम संकलन भएको हो । रकम संकलन कार्यमा शर्माको पहलमा लण्डन तथा इजरायलमा रहेका थुप्रै नेपालीले सहयोग गरेको शर्माले इमेलबाट जानकारी दिनुभयो । रकम प्राप्त गरिसकेपछि जलुले खुसीका आँसु झार्दै आफूलाई सहयोग गर्नेहरुको सधैँ प्रगति उन्नतीको कामना गर्दै उनीहरुले चाहेको कुरा पु¥याई दिनु भनेर दुई हात जोड्दै इश्वरसँग प्राथनासमेत गर्नुभयो ।

लण्डनमा रहेर लामो समय देखि नेपालका लागि बिभिन्न सामाजिक कार्य गर्दै आएका शर्माले हालै मात्र साथीहरुकै सहयोगमा ५ बर्ष देखि शारिरीक एवम् मानसिक रुपमा बिछिप्त रही ओडारमा बस्दै आएकी जाजरकोटकी एक महिलाको उपचारको प्रवन्ध मिलाउनुका साथै निकट अहिले चितवनका एक दृष्टि विहिन एवं बहिरा चेपाङ दम्पतीका लागि घर निर्माणको पहल गरिरहेको समेत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य