पर्वत । सरकारले आगामी प्रदेशसभा र प्रतिनिधि सभामा छुटेका मतदाताहरुलाई पनि सहभागी बनाउने उदेश्यले पुन मतदाता संकलन अभियान थालेको थियो । गत साउन १६ देखि शुरु भएको मतदाता नामवली संकलनमा जिल्लामा झण्डै ८ हजार नागरीकले आफ्नो न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सरकारले आगामी प्रदेशसभा र प्रतिनिधि सभामा छुटेका मतदाताहरुलाई पनि सहभागी बनाउने उदेश्यले पुन मतदाता संकलन अभियान थालेको थियो । गत साउन १६ देखि शुरु भएको मतदाता नामवली संकलनमा जिल्लामा झण्डै ८ हजार नागरीकले आफ्नो न"/>
१० माघ २०८२, शुक्रबार
पर्बत - PBT

पर्वतमा झण्डै ८ हजार मतादाता थपिए, सवैभन्दा बढी मोदी गाउँपालिका

५ भाद्र २०७४, सोमबार १०:४६

पर्वत । सरकारले आगामी प्रदेशसभा र प्रतिनिधि सभामा छुटेका मतदाताहरुलाई पनि सहभागी बनाउने उदेश्यले पुन मतदाता संकलन अभियान थालेको थियो । गत साउन १६ देखि शुरु भएको मतदाता नामवली संकलनमा जिल्लामा झण्डै ८ हजार नागरीकले आफ्नो नाम दर्ता गराएका छन् ।

पहिले जिल्ला निर्वाचन कार्यलयबाटनै मतदाता नामवली संकलन गर्ने आयोगले तयारी गरेता पनि सरकारले स्थानीय तहमार्फतनै नामवली संकलन गर्ने निर्देशन दिएपछि स्थानीय तहबाटनै नामवली संकलन थालिएको थियो । पर्वतका सातवटा स्थानीय तहबाट ८ हजारले फोटो सहितको मतदाता नामवलीमा नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।

सात वटा स्थानीय तहबाट ७ हजार ८ सय ८९ जना मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । जसमध्ये ३ हजार ८ सय ३५ महिला र ४ हजार ५४ पुरुष गरी जम्मा ७ हजार ८ सय ८९ जना मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

यसमध्ये सबैभन्दा धेरै मोदी गाउँपालिकामा नयाँ मतदाता थपिएका छन् भने सबैभन्दा कम महाशिला गाउँपालिकामा रहेका छन् । 

मोदी गाउँपालिकामा महिला ५ सय ४ र पुरुष ५ सय ३ गरी जम्मा १ हजार ७ जना नयाँ मतदाता थपिएका हुन भने महाशिला गाउँपालिकामा महिला १ सय ४० र पुरुष १ सय ४९ गरी जम्मा २ सय ८९ मतदाता थपिएका हुन ।

त्यस्तै अन्य गाउँपालिका र नगरपालिका अन्र्तगत फलेबास नगरपालिकामा महिला ४ सय ६० र पुरुष ४ सय ३ गरी ८ सय ८३ मतदाता नयाँ रहेका छन् । उता जलजला गाउँपालिकामा ८ सय ७६ जना नयाँ मतदाता रहेका छन् जसमा महिला ३ सय ९७ र पुरुष ४ सय ७९ पैयु गाउँपालिकामा ७ सय ५६ मतदाता नयाँ छन् महिला ३ सय ३० र पुरुष ४ सय २६ रहेका छन् भने बिहादी गाउँपालिकामा महिला २ सय ७४ महिला र पुरुष २ सय ९० गरी ५ सय ३७ मतदाता नयाँ थप भएको जिल्ला निर्बाचन कार्यलय पर्बतले जानकारी दिएको छ ।

निर्वाचन आयोगले देशैभरी मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुको लागि साउन १६ गतेदेखि ३२ गतेसम्म स्थानीय तहमा नै टोली खटाउने निर्णय गरेको थियो । यसअघि दुई हप्ता सम्म जिल्ला निर्बाचन कार्यलयबाट नै छुटेका मतदाताहरुको फोटो सहित विवरण संकलन गरेर मतदाता नामवली संकलन गरेपनि कार्यलयले २ हप्ता पछि कुश्मा नगरपालिका बाहेक ६ स्थानिय तहमा टोली परिचालन गरी नामवली संकलन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु