२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

डाक्टर बराललाई युवा पुरुस्कार

२०७२, १३ माघ बुधबार १५:४७

achham news

कमल रावल । माघ १३, अछाम । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरदचन्द्र बराल अछाममा उत्कृष्ट युवा पुरुस्कार बाट सम्मानित हुनु भएको छ ।

अछाम जिल्लाको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै जेसिज अछामले आफनो तेस्रो पदस्थापनका अवसरमा सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अथिती जेसिज २०१६ का केन्द्रिय अध्यक्ष जगत बहादुर पोखरेलले दोसल्ला तथा सम्मान पत्रका साथ सम्मान गर्नु भएको हो । २०७१ सालमा अछाम आउनु भएका डाक्टर बरालले जिल्लाको स्वास्थ्य क्षेत्रमा १ बर्षको अवधिमा उल्लेखनिय काम गरेबापत यो सम्मानले सम्मानित गरिएको हो । एक बर्षको अवधिमा अछाम आउदा डाक्टर बरालको पहलमा जिल्ला अस्पताल अछाममा विभिन्न विभागिय बर्गिकरण सहीत छुट्टा छुटटै सेवा दिईएको, औषधि विभाग सहति नियमति औषधि वितरण, २४ सै घण्टा ईमरजेन्सि सेवा, अस्पतालको फोहोरमैला ब्यावस्थापन, महाशाखाले न्युनतम मापदण्ड अनुसार सत प्रतिशत सुधार लगाएतका थुप्रै काम भएका थिए । बिशेष समारोहमा गरिएको विशेष सम्मान ग्र्रहण गर्दै डाक्टर बरालले यो सम्मानले आफुलाई निकै खुशि बनाएकाले आगामि दिनमा निस्वार्थका भावनाका साथ काम गर्ने जोश जागर बढेको बताउनु भएको छ ।

आफु जस्ता युवाले गर्न खोजे परिवर्तन हुने भएकाले यसम सबैको ध्यान जानु पर्ने समेत बताउनु भएको थियो । सोही अवसरमा विभिन्न तहबाट सहयोग गरेवापत अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदि र नेपाल पत्रकार महासँघ अछामका उपाध्यक्ष जनकराज भण्डारीलाई समेत बिशेष सम्मानका साथ सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी