२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

डाक्टर बराललाई युवा पुरुस्कार

१३ माघ २०७२, बुधबार १५:४७

achham news

कमल रावल । माघ १३, अछाम । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरदचन्द्र बराल अछाममा उत्कृष्ट युवा पुरुस्कार बाट सम्मानित हुनु भएको छ ।

अछाम जिल्लाको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै जेसिज अछामले आफनो तेस्रो पदस्थापनका अवसरमा सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अथिती जेसिज २०१६ का केन्द्रिय अध्यक्ष जगत बहादुर पोखरेलले दोसल्ला तथा सम्मान पत्रका साथ सम्मान गर्नु भएको हो । २०७१ सालमा अछाम आउनु भएका डाक्टर बरालले जिल्लाको स्वास्थ्य क्षेत्रमा १ बर्षको अवधिमा उल्लेखनिय काम गरेबापत यो सम्मानले सम्मानित गरिएको हो । एक बर्षको अवधिमा अछाम आउदा डाक्टर बरालको पहलमा जिल्ला अस्पताल अछाममा विभिन्न विभागिय बर्गिकरण सहीत छुट्टा छुटटै सेवा दिईएको, औषधि विभाग सहति नियमति औषधि वितरण, २४ सै घण्टा ईमरजेन्सि सेवा, अस्पतालको फोहोरमैला ब्यावस्थापन, महाशाखाले न्युनतम मापदण्ड अनुसार सत प्रतिशत सुधार लगाएतका थुप्रै काम भएका थिए । बिशेष समारोहमा गरिएको विशेष सम्मान ग्र्रहण गर्दै डाक्टर बरालले यो सम्मानले आफुलाई निकै खुशि बनाएकाले आगामि दिनमा निस्वार्थका भावनाका साथ काम गर्ने जोश जागर बढेको बताउनु भएको छ ।

आफु जस्ता युवाले गर्न खोजे परिवर्तन हुने भएकाले यसम सबैको ध्यान जानु पर्ने समेत बताउनु भएको थियो । सोही अवसरमा विभिन्न तहबाट सहयोग गरेवापत अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदि र नेपाल पत्रकार महासँघ अछामका उपाध्यक्ष जनकराज भण्डारीलाई समेत बिशेष सम्मानका साथ सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला