२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लाको शैक्षिक गुणस्तर बृद्धिका लागि सबै जुटनु पर्छ: रावल

१६ माघ २०७२, शनिबार १५:३६

कमल रावल । माघ १६ अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले जिल्लाको शैक्षिक गुणस्तर बृद्धिका लागि सबै जुटनु पर्ने बताउनु भएको छ । जिल्लाको शिक्षाको गुणस्तर बृद्धिका लागि एक्लो शिक्षकबाट मात्र सम्भव नभएकाले सबै अभिभावक, शिक्षकले समेत साथ दिनु पर्ने उहाँको भनाई रहेको थियो ।

शिक्षक सँगठन ईलाका नम्बर ४ र ५ को मेल्लेखमा भएको सयूक्त भेलामा प्रमुख अथितीको आशन बाट बोल्दै शिक्षकरुका हक हितका लागि आफनो संगठन जहिले पनि आवाज उठाईरहेकाले आगामि दिनमा पनि उठाई रहने बताउनु भयो । शिक्षकहरुले आफनो अधिकार मात्र नखोजिक कर्तव्य पनि भुल्न नहुने भनाई राख्नु भएको थियो । ईलाका ५ का अध्यक्ष जानकी कुँवरको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष जानकी बोहोरा विशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष रत्न प्रसाद ढुङगाना, सचिवालय सदस्य हर्कराज शर्मा, शिक्षक महासंघका सदस्य दल बहादुर बुढा, तुल बहादुर धामी, भिम बहादुर अधिकारी, रतन बहादुर खडका लगाएतको उपस्थिती रहको थियो ।

यस्तै नेपाल राष्ट्रीय शिक्ष संगठन ईलाका नम्बर ३ को भेला सम्पन्न भएको छ । ईलाका उपाअध्यक्ष हर्क बहादुर बटालाको अध्यक्षतामा भएको भेलाले सदस्यता नबिकरण गर्ने लगायतका निर्णय गरेको छ । भेलाका प्रमुख अथिति नेपाल राष्ट्रीय शिक्षक संगठन केन्द्रीय सल्लाहाकार झपट सिह रावल, बिशिष्ट अथितिमा शिक्षक महासंघ जिल्ला अध्यक्ष भिम बुढा, अथितिमा जिल्लाकमिटी सदस्य धर्मेन्द्र शाह, पुर्व कोषध्यक्ष मोति बहादुर थापा लगायतले मन्तब्य राख्नु भएको थियो । इलाका सदस्य लोक बहादुर कुँवरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन इलाका सचिब धन बहादुर बोहोराले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य