२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लाको शैक्षिक गुणस्तर बृद्धिका लागि सबै जुटनु पर्छ: रावल

२०७२, १६ माघ शनिबार १५:३६

कमल रावल । माघ १६ अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले जिल्लाको शैक्षिक गुणस्तर बृद्धिका लागि सबै जुटनु पर्ने बताउनु भएको छ । जिल्लाको शिक्षाको गुणस्तर बृद्धिका लागि एक्लो शिक्षकबाट मात्र सम्भव नभएकाले सबै अभिभावक, शिक्षकले समेत साथ दिनु पर्ने उहाँको भनाई रहेको थियो ।

शिक्षक सँगठन ईलाका नम्बर ४ र ५ को मेल्लेखमा भएको सयूक्त भेलामा प्रमुख अथितीको आशन बाट बोल्दै शिक्षकरुका हक हितका लागि आफनो संगठन जहिले पनि आवाज उठाईरहेकाले आगामि दिनमा पनि उठाई रहने बताउनु भयो । शिक्षकहरुले आफनो अधिकार मात्र नखोजिक कर्तव्य पनि भुल्न नहुने भनाई राख्नु भएको थियो । ईलाका ५ का अध्यक्ष जानकी कुँवरको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष जानकी बोहोरा विशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष रत्न प्रसाद ढुङगाना, सचिवालय सदस्य हर्कराज शर्मा, शिक्षक महासंघका सदस्य दल बहादुर बुढा, तुल बहादुर धामी, भिम बहादुर अधिकारी, रतन बहादुर खडका लगाएतको उपस्थिती रहको थियो ।

यस्तै नेपाल राष्ट्रीय शिक्ष संगठन ईलाका नम्बर ३ को भेला सम्पन्न भएको छ । ईलाका उपाअध्यक्ष हर्क बहादुर बटालाको अध्यक्षतामा भएको भेलाले सदस्यता नबिकरण गर्ने लगायतका निर्णय गरेको छ । भेलाका प्रमुख अथिति नेपाल राष्ट्रीय शिक्षक संगठन केन्द्रीय सल्लाहाकार झपट सिह रावल, बिशिष्ट अथितिमा शिक्षक महासंघ जिल्ला अध्यक्ष भिम बुढा, अथितिमा जिल्लाकमिटी सदस्य धर्मेन्द्र शाह, पुर्व कोषध्यक्ष मोति बहादुर थापा लगायतले मन्तब्य राख्नु भएको थियो । इलाका सदस्य लोक बहादुर कुँवरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन इलाका सचिब धन बहादुर बोहोराले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी