रोल्पाको सुकिदह गाउँपालिकामा गठन भयो खानेपानी सरसफाई तथा स्वच्छता समिति

Posted on: 22 Aug, 2017

विमल केसी/भदौ ६, रोल्पा । रोल्पाको सुकिदह गाउँपालीका वडा नम्बर ३ मा खानेपानी सरसफाई तथा स्वच्छता समिति गठन गरिएको छ ।

सोमबार गठन गरिएको ४३ सदस्यीय वडा स्तरीय  समितिको संयोजक वडा अध्यक्ष जलेशकुमार केसी रहेका छन् । उक्त समितिले चारवटा उपसमुह पनि गठन गरेको छ । 

समितिको आउदो भदौ १२ गते बैठक बसेर नयाँ कार्ययोजन छलफल गरिने जलेशकुमार केसीले जानकारी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!