पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ६, सल्यान । सल्यानको त्रिवेणि गाउँपालिकामा गाउँ शिक्षा कार्यालय स्थापना गरिएको छ ।

मंगलबार एक कार्यक्रमका विच त्रिवेणि गाउँपालिकाको वडा नम्बर ३ ढुंगे बजारमा स्थापना गरिएको गाउँ शिक्षा कार्यालयको उद्घाटन सम्पन्न भएको गाउँपालिकाका कार्यकारि अधिकृत निम बहादुर के सी ले जनाएका छन् ।

कार्यालयको उद्घाटन गर्दै जिल्ला समन्वय समिती सल्यानका संयोजक केश बहादुर विष्टले गाउँपालिकामै शिक्षा कार्यालय स्थापना भएकाले अव शिक्षा क्षेत्रमा विकास हुने विश्वास व्यक्त गरे ।

गाउँ शिक्षा कार्यालयबाटै गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयको निरक्षण, शिक्षा सम्बन्धी योजना, कार्यक्रम निर्माण तथा कार्यान्वयन गरिने भएकाले शिक्षामा गुणस्तर वृद्धि हुने अपेक्षा उनले गरे ।

यस्तै कार्यक्रममा त्रिवेणि गाउँपालिका प्रमुख मान बहादुर डागी, श्रोत व्यक्ति काँशिराज अधिकारि लगाएतकाले बोल्दै जिल्ला शिक्षा कार्यालयले गर्ने शरेक काम गाउँ शिक्षा कार्यालयले गर्ने जनाएका थिए । गाउँपालिका प्रमुख डागीले त्रिवेणिलाइ शिक्षाको क्षेत्रमा नमुना गाउँपालिका बनाउने गरि काम गर्न विभिन्न विद्यालयका प्रधानाध्यापकहरुलाइ आग्रह गरेका थिए ।