कमल रावल/भदौ ७, अछाम । मेल्लेख गाउपालिका वडा नम्बर ८ हातिकोटमा सरसफाईको पछिल्लो अबस्थाको बारेमा जिल्ला स्थित सन्चारकर्मिको टोलिले अनुगमन गरेको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/भदौ ७, अछाम । मेल्लेख गाउपालिका वडा नम्बर ८ हातिकोटमा सरसफाईको पछिल्लो अबस्थाको बारेमा जिल्ला स्थित सन्चारकर्मिको टोलिले अनुगमन गरेको छ । 

"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भदौ १५ भित्रै हातिकोटलाई पुर्ण सरसफाई युक्त घोषणा गरिने

७ भाद्र २०७४, बुधबार ०२:३०


कमल रावल/भदौ ७, अछाम । मेल्लेख गाउपालिका वडा नम्बर ८ हातिकोटमा सरसफाईको पछिल्लो अबस्थाको बारेमा जिल्ला स्थित सन्चारकर्मिको टोलिले अनुगमन गरेको छ । 

खुल्ला दिशा मुक्त घोषणा भएको साबिकको हातिकोटलाई पुर्ण सरसफाई युक्त घोषणा गर्नका लागि पूरा गरेका सबै सुचकको बारेमा स्थलगत अनुगमन सहित सबै सरोकारवालासँग जानकारि लिईएको छ ।

पछिल्लो समय ब्यक्तिगत सरसफाई, चर्पिको प्रयोगको बारेमा, अनिवार्य भाडा धुदा चाग बनाउनु पर्ने लगायतका सुचकमा जानकार भई प्रयोगमा ल्याएको स्थानिय जौमा साउदले बताउनु भयो । साबुन पानी सहित हात धुने बानि सबैमा बिकास भएकाले अहिले बिरामिमा कमि आएको स्वास्थ्य चौकीका अनमी जाल शाहले बताउनु भयो । 

स्वास्थ सस्थामा आउने सबैलाई सचेतना स्वरुप जानकारि गराउने गरेको बताए । कालिका माविका प्रअ नरेश साउदले बिदार्थिलाई कक्षामा स्वास्थ्य सम्बन्धि जानकारि दिने कार्यक्रम जानकारि गराउदै स्वास्थ्यका प्रत्येक सुचकका बारेमा जानकारि गराउने गरिएको बताउनु भयो । 

वडा सदस्य जनक कुमारि ढुगानाले वडामा सन्चालित प्रत्येक अभियानलाई सफल पार्न आफनो साथ सहयोग रहने बताउनु भयो । सन्चारकर्मिको अनुगमन पछि भएको सरोकारवालासगको अन्र्तक्रियामा सहभागी स्थानीयले ६ वटा सुचक मध्ये अधिकाश सुचक पार भईसकेकाले भदौ १५ गते भित्र हातिकोटलाई पुर्ण सरसफाई युक्त घोषणा गर्ने बताएका छन । 

कार्यक्रममा वडा अध्यक्ष खगेन्द्र साउदले हरेक सभा गोष्ठिमा पुर्ण सरसफाई युक्त आफनो गाउलाई बनाउन प्रतिबद्ध भईसकेकाले भदौ १५ भित्र गरिने बताउनु भयो । अबको एक हप्तामा खानेपानिको समस्या समाधान गरि टोल स्तरिय सरसफाई समितिलाई सक्रिय पारिने प्रतिबद्धता जनाएका थिए । 

सन्चारकर्मिको टोलिले सबै सुचक पार भएकाले घोषणा गर्दा उपयुक्त हुने निष्कर्ष निकालेको छ । कार्यक्रममा सहभागी जनप्रतिनिधि, स्वास्थ्य, शिक्षा, महिला सबैले पुर्ण सरसफाई युक्त गर्नका लागि प्रतिबद्ध भएका बताएका छन । वाक नेपाल र वलर्ड्भिजन ईन्टरनेशनल सँगको सहकार्यमा सन्चालित समुदाय उपहार कार्यक्रम विगत एक बर्षदेखि हातिकोटमा लागू रहेको छ । 

आफनो कार्य क्षेत्र पुल्लेतोला र हातिकोटलाई पुर्ण सरसफाई गराउनका लागि बाटो घाटो सरसफाई, खाल्डा खन्ने, घर आगनमा भाडाधुने चाग बनाउने, चर्पि प्रयोग गरिसकेपछि अनिवार्य साबुन पानिले हात धुने लगाएतका अभियानमा सहयोग भईरहेको वाक नेपाल समुदाय उपहार कार्यक्रमका जिल्ला परियोजना अधिकृत जगत रावलले बताउनु भयो । 

अछाम जिल्लाको हातिकोट यसअघि २०६५ साल माघ १८ गते सुदुरपश्चिमको पहिलो गाबिसको रुपमा खुल्ला दिशा मुक्त गाबिस घोषणा गरिएको थियो । अनुगमनमा वाक नेपाल समुदाय उपहार कार्यक्रमका जिल्ला परियोजना अधिकृत जगत रावल, पत्रकार शिवराज ढुगाना, नरेश कुमार शाहि, कमल रावल, तुल बहादुर कुवर, एकेन्द्र महताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…