कमल रावल/भदौ ७, अछाम । मेल्लेख गाउपालिका वडा नम्बर ८ हातिकोटमा सरसफाईको पछिल्लो अबस्थाको बारेमा जिल्ला स्थित सन्चारकर्मिको टोलिले अनुगमन गरेको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/भदौ ७, अछाम । मेल्लेख गाउपालिका वडा नम्बर ८ हातिकोटमा सरसफाईको पछिल्लो अबस्थाको बारेमा जिल्ला स्थित सन्चारकर्मिको टोलिले अनुगमन गरेको छ । 

"/>
२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भदौ १५ भित्रै हातिकोटलाई पुर्ण सरसफाई युक्त घोषणा गरिने

२०७४, ७ भाद्र बुधबार ०२:३०


कमल रावल/भदौ ७, अछाम । मेल्लेख गाउपालिका वडा नम्बर ८ हातिकोटमा सरसफाईको पछिल्लो अबस्थाको बारेमा जिल्ला स्थित सन्चारकर्मिको टोलिले अनुगमन गरेको छ । 

खुल्ला दिशा मुक्त घोषणा भएको साबिकको हातिकोटलाई पुर्ण सरसफाई युक्त घोषणा गर्नका लागि पूरा गरेका सबै सुचकको बारेमा स्थलगत अनुगमन सहित सबै सरोकारवालासँग जानकारि लिईएको छ ।

पछिल्लो समय ब्यक्तिगत सरसफाई, चर्पिको प्रयोगको बारेमा, अनिवार्य भाडा धुदा चाग बनाउनु पर्ने लगायतका सुचकमा जानकार भई प्रयोगमा ल्याएको स्थानिय जौमा साउदले बताउनु भयो । साबुन पानी सहित हात धुने बानि सबैमा बिकास भएकाले अहिले बिरामिमा कमि आएको स्वास्थ्य चौकीका अनमी जाल शाहले बताउनु भयो । 

स्वास्थ सस्थामा आउने सबैलाई सचेतना स्वरुप जानकारि गराउने गरेको बताए । कालिका माविका प्रअ नरेश साउदले बिदार्थिलाई कक्षामा स्वास्थ्य सम्बन्धि जानकारि दिने कार्यक्रम जानकारि गराउदै स्वास्थ्यका प्रत्येक सुचकका बारेमा जानकारि गराउने गरिएको बताउनु भयो । 

वडा सदस्य जनक कुमारि ढुगानाले वडामा सन्चालित प्रत्येक अभियानलाई सफल पार्न आफनो साथ सहयोग रहने बताउनु भयो । सन्चारकर्मिको अनुगमन पछि भएको सरोकारवालासगको अन्र्तक्रियामा सहभागी स्थानीयले ६ वटा सुचक मध्ये अधिकाश सुचक पार भईसकेकाले भदौ १५ गते भित्र हातिकोटलाई पुर्ण सरसफाई युक्त घोषणा गर्ने बताएका छन । 

कार्यक्रममा वडा अध्यक्ष खगेन्द्र साउदले हरेक सभा गोष्ठिमा पुर्ण सरसफाई युक्त आफनो गाउलाई बनाउन प्रतिबद्ध भईसकेकाले भदौ १५ भित्र गरिने बताउनु भयो । अबको एक हप्तामा खानेपानिको समस्या समाधान गरि टोल स्तरिय सरसफाई समितिलाई सक्रिय पारिने प्रतिबद्धता जनाएका थिए । 

सन्चारकर्मिको टोलिले सबै सुचक पार भएकाले घोषणा गर्दा उपयुक्त हुने निष्कर्ष निकालेको छ । कार्यक्रममा सहभागी जनप्रतिनिधि, स्वास्थ्य, शिक्षा, महिला सबैले पुर्ण सरसफाई युक्त गर्नका लागि प्रतिबद्ध भएका बताएका छन । वाक नेपाल र वलर्ड्भिजन ईन्टरनेशनल सँगको सहकार्यमा सन्चालित समुदाय उपहार कार्यक्रम विगत एक बर्षदेखि हातिकोटमा लागू रहेको छ । 

आफनो कार्य क्षेत्र पुल्लेतोला र हातिकोटलाई पुर्ण सरसफाई गराउनका लागि बाटो घाटो सरसफाई, खाल्डा खन्ने, घर आगनमा भाडाधुने चाग बनाउने, चर्पि प्रयोग गरिसकेपछि अनिवार्य साबुन पानिले हात धुने लगाएतका अभियानमा सहयोग भईरहेको वाक नेपाल समुदाय उपहार कार्यक्रमका जिल्ला परियोजना अधिकृत जगत रावलले बताउनु भयो । 

अछाम जिल्लाको हातिकोट यसअघि २०६५ साल माघ १८ गते सुदुरपश्चिमको पहिलो गाबिसको रुपमा खुल्ला दिशा मुक्त गाबिस घोषणा गरिएको थियो । अनुगमनमा वाक नेपाल समुदाय उपहार कार्यक्रमका जिल्ला परियोजना अधिकृत जगत रावल, पत्रकार शिवराज ढुगाना, नरेश कुमार शाहि, कमल रावल, तुल बहादुर कुवर, एकेन्द्र महताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना