११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा जुवाडेबाट बरामद २१ हजार रुपैयाँ विद्यार्थीलाई सहयोग

७ भाद्र २०७४, बुधबार ०४:२९

भदौ ७, सिन्धुपाल्चोक । इलाका प्रहरी कार्यालय, मेलम्चीले जुवाडेबाट सोमबार बरामद भएको रु २१ हजार २०५ नगद मंगलबार साँझ फरक क्षमता भएका (अशक्त) विद्यार्थीको पठनपाठनका लागि सहयोग गरेको छ । 

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–४ मा जुवातास खेलिरहेको अवस्थामा नगदसहित पक्राउ परेका चारजना जुवाडेबाट उक्त रकम बरामद भएको प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । 

इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीमा अध्ययनरत फरक क्षमता भएका १२ छात्रा र ६ छात्रको पठनपाठनका लागि विद्यालयका लेखापाल महेन्द्र सापकोटा र विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण गौतमलाई उक्त रकम हस्तान्तरण गरिएको हो । 

छात्राबासमा बस्दै आएका ती १८ विद्यार्थीको शिक्षाका लागि प्रहरीले वितरण गरेको रकमले निकै ठूलो राहत पुग्ने स्थानीय पत्रकार देवराज सुवेदीले जानकारी दिनुभयो ।

पक्राउ परेका चारैजनालाई जुवातास नखेल्ने शर्र्तमा र खेलेको फेला परे कानूनबमोजिम कारबाही गरिने बताउँदै एकपटक सम्झाइबुझाइ छोडिएको प्रहरीले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु