2026-11-02 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौँ । सर्लाही जिल्लाको बागमती नगरपालिका–१, पानीट्याङ्की चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । दुर्घटना बिहान करिब ८ बजेतिर पूर्वतर्फ जाँदै गरेको बालुवा लोड टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा भएको हो ।

मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । दुर्घटनापछि घाइतेहरूलाई तत्काल हरिवनस्थित नमुना अस्पतालमा लगिएको थियो । प्रारम्भिक उपचारपछि दुवैलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको थियो ।

अस्पतालमा उपचारका क्रममा सर्लाही बागमती नगरपालिका–६ निवासी २१ वर्षीय मोहमद कैफ मिकरानीलाई दिउँसो १२ बजे चिकित्सकले मृत घोषणा गरेका छन् । अर्का घाइते सुमित यादवको अवस्था गम्भीर रहेको र उनको उपचार जारी रहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

दुर्घटनामा संलग्न टिपर घटनास्थलमै फेला परेको छ । चालक बागमती नगरपालिका–१२ निवासी ३४ वर्षीय उदव मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द