११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

रजत महोत्सवको अवसरमा सम्मान

८ भाद्र २०७४, बिहीबार ०४:४९

भदौ ८, भक्तपुर । भक्तपुर विकास सहयोग संघले आफ्नो २६औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । 

संघले भक्तपुरको कला, संस्कृति, इतिहास, साहित्य, शिक्षा, संगीत, स्वास्थ्यलगायत विषयमा महत्वपूर्ण योगदान पुरयाउने व्यक्तित्वलाई सम्मान गरेको हो । 

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले इतिहासविद् एवं संस्कृतिविद् पुरूषोत्तमलोचन श्रेष्ठ, समाजसेवी श्यामसुन्दर धौभडेल तथा संगीतकार दीपक जंगमलाई सम्मान गर्नुभयो । 

त्यस्तै, भक्तपुरका चारवटा नगरपालिका– भक्तपुर, चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमीका नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुख, भक्तपुर नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, नेपाल अर्बुदरोग निवारण संस्था, सिबिआर, नेपाल साहित्य मन्दिर, विराट नेपाल भाषा साहित्य सम्मेलन गुथि, नेपाल भाषा साहित्य तस्मुंज्या, भक्तपुर साहित्यिक समाजलगायत दुई दर्जन संस्थालाई पनि सम्मान गरियो । 

सो अवसरमा संघको मुखपत्र ‘खोपृङ’को विविध लेखलाई संग्रह गरी प्रकाशित ‘खोपृङ संग्रह–१’ को अध्यक्ष बिजुक्छे र संघका अध्यक्ष राजाराम जोशीले संयुक्तरूपमा लोकार्पण गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु