भदौ ८, इलाम । इलामसहित मेची अञ्चलका अन्य दुई जिल्लामा पनि चालु आव २०७४/०७५ देखि सरकारले ‘जनता आवास’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

दलित, लोपोन्मुख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, इलाम । इलामसहित मेची अञ्चलका अन्य दुई जिल्लामा पनि चालु आव २०७४/०७५ देखि सरकारले ‘जनता आवास’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

दलित, लोपोन्मुख "/>

2026-09-18 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाम, पाँचथर र ताप्लेजुङमा जनता आवास कार्यक्रम

भदौ ८, इलाम । इलामसहित मेची अञ्चलका अन्य दुई जिल्लामा पनि चालु आव २०७४/०७५ देखि सरकारले ‘जनता आवास’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

दलित, लोपोन्मुख तथा सीमान्तकृत समुदायलाई लक्षित गर्दै मेची पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा यो कार्यक्रम लागू गर्ने भएको हो । यसअघि झापा जिल्लामा मात्र यो कार्यक्रम सञ्चालनमा थियो । अतिविपन्न लक्षित वर्गलाई न्यून लागतमा आधुनिक आवास निर्माण गरी बसोबास गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, इलामले जनाएको छ । 

कार्यक्रमअन्तर्गत चालु वर्षमा प्रतिजिल्ला ५० घरका दरले तीन जिल्लामा एकसय ५० वटा आधुनिक घर निर्माण हुनेछन् । झापामा पाँचसय घर निर्माण गरिने भएको छ । आवास निर्माणका लागि चालु आवदेखि प्रतिआवास रु तीन लाख ३२ हजार अनुदान दिइने र लक्षित वर्गले अनुदानको कूल १० प्रतिशत लागत सहभागिताबापत व्यर्होनुपर्नेछ । 

झापा बाहेकका मेचीका प्रत्येक जिल्लालाई अनुदानबापत रू एक करोड ६६ लाख प्राप्त हुने कार्यालय प्रमुख कुमारप्रसाद घिमिरेले बताउनुभयो । मेची अञ्चलका पहाडी जिल्लामा पहिलोपटक कार्यक्रम आएकाले जिल्लास्तरीय समन्वय समिति गठन गरेर समितिले सिफारिस गरेका लक्षित वर्गलाई जनता आवास कार्यक्रमको अनुदान दिइने समेत कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । 

दश लाभग्राही परिवार बसोबास भएको स्थान वा बस्तीमा कार्यक्रम कार्यान्वयन गरिनेछ । तर छरिएर बसोवास गरेका डोम, लोपोन्मुख तथा अतिसीमान्तकृत समुदायको हकमा भने यो बन्देज लागू नहुने जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७३ मा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई