2026-08-06 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कृषि उत्पादनलाई वजारीकरण गर्दै शुक्लाफाँँटा नगरपालिका

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका व्यावसायिक खेतीमा संलग्न किसानलाई बजारसँग जोड्न आवश्यक कार्य अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिकाले किसानले उत्पादन गरेका तरकारी, अन्न, फलफूल, बेसारलगायतको बजारीकरण गर्न किसानसँग सुझाव सङ्कलन गरेको छ ।

मध्यवर्ती क्षेत्रअन्तर्गतको शुक्लाफाँटा नगरपालिकाको त्रिशक्ति र सुनदेवी उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने किसान, तरकारी व्यापारी, एग्रोभेट सञ्चालकलगायतसँग छलफल गरी उत्पादित कृषिजन्य वस्तुको बजारीकरण गर्दा आइपर्ने समस्या पहिचानको काम गरिएको हो ।

मध्यवर्ती क्षेत्रको सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले किसानले उत्पादन गरेका तरकारीले बजार मूल्य नपाउँदा खेर गइरहेको बताउनुभयो । “किसानले मेहेनत गरी तरकारी उत्पादन गर्छन्, बजार पाइँदैन मर्कामा छन्”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार बिना विषादी परीक्षण नगरीकनै भारतीय तरकारी सस्तोमै बजारमा पुग्छ । त्यससँग स्थानीय किसानले प्रतिस्पर्धा गर्न सक्दैनन्, बिक्री हँुदैन । मध्यवर्ती क्षेत्रका किसानका तरकारीलगायत बाली जङ्गली जनावरले खाएर नोक्सानी पुर्याउने भएकाले वैकल्पिक खेतीलाई प्रवर्द्धन गरी बजारीकरण गरिनुपर्ने उहाँले बताउनुभयो ।

मध्यवर्ती क्षेत्रको नगरपालिकाको वडा नं ६ र ७ का किसानले केही वर्षअघि क्यामाइल र बेसारखेती गरेका थिए । बजार नपाउँदा उक्त खेती किसानले दुई वर्षपछि गर्न छाडेको उहाँले बताउनुभयो । शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले किसान–व्यापारीसँग समन्वय गरी बजार अभाव समस्याको दिगो समाधानका लागि प्रयास भइरहेको बताउनुभयो ।

किसानले उत्पादन गरेका कृषिउपज सहज रूपमा बिक्री गर्न हाटबजारको आवश्यकता रहेको चर्चा गर्नुहँुदै उहाँले कृषि मन्त्रालयमा हाटबजारस्थलमा भौतिक संरचना निर्माणका लागि आवश्यक बजेटका लागि अश्वासन पाइएको बताउनुभयो ।
नगरपालिकाको वडा नं ३ का किसान वसन्ती चौधरीले उत्पादन गरेको तरकारी बिक्री नहँुदा लागत खर्च उठाउन नसकिने अवस्था रहेको बताउनुभयो । तरकारी बिक्री नभएपछि खेतबारीमै कुहेर जाने भएकाले धेरैले तरकारी खेतीलाई छाड्न थालेको बताउनुभयो । नगरपालिकामा हुने मुख्य बाली, चुनौती र कृषिमा महिलाको संलग्नताबारे कृषि शाखाबाट सुझाव लिइएको छ ।

पोष्टहारवेष्ट, मूल्य शृङ्खला, बजार मागअनुसारको उत्पादन तथा बजारीकरणको समस्या, बजारको माग, पूर्ति, खरिदकर्ताको प्राथमिकता, बीउबिजन छनोट, गुणस्तरीय बीउ, मल तथा विषादीको प्रयोग, पालिकामा पकेट क्षेत्र निर्माण गर्न उपयुक्त हुने बाली छनोट, बजारीकरण, खरिद बिक्रीसम्बन्धी समस्या लगायतबारे चर्चा गरी किसानलाई जानकारी दिने कार्यसँगै सुझाव लिने काम गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु