२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

विद्यालयले खेलकुद क्षेत्रको लगानिमा ध्यान दिनु पर्छ: जिशिअ बिष्ट

२१ फाल्गुन २०७२, शुक्रबार ०२:२०

jilla shixaकमल रावल/फागुन २१, अछाम । फागुन १८ गते देखि अछाम सदरमुकाम मंगलसेनमा सुरु भएको आठौँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय स्तरिय प्रतियोगिताको एक कार्यक्रमका बिच समापन गरिएको छ ।

जिल्ला खेलकुद बिकास समिती अछामका अध्यक्ष छविराज ढुंगानाको अध्यक्षतामा भएको समापन कार्यक्रममा अछामका जिल्ला शिक्षा अधिकारी झंकर बिष्ट प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती बिष्टले जिल्लाका सबै विद्यालयलाई आगामि दिनमा खेलकुद क्षेत्रमा बढी जोड दिन आग्रह गरेक थिए । अछाममा थुप्रै समस्याका बावुजुद पनि जिल्ला खेलकुद बिकास समिती भब्य रुपमा प्रतियोगिता सफल पार्न सफल भएकोमा धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।

जिल्लामा भौगोलिक विकटता, आर्थिक अभाव लगाएतका कारण थुप्रै युवाको खेल बाहीर प्रस्फुटन हुन नसकाले आगामि दिनका सबै क्षेत्रको यस तर्फ चासो र ध्यान जानु पर्ने उहाँको भनाई थियो । कार्यक्रममा नेपाली काग्रेसका सहदेव ढुंगाना, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, क्षेत्रिय खेलकुद बिकास समिती कोषाध्यक्ष हिरिण्ड भट्राई, जिल्ला खेलकुद महाँसघका अध्यक्ष बृख बोगटी, गणतान्त्रि खेलकुद महासघं अछामका अध्यक्ष लक्षीराम भाट, स्रोत ब्यक्ति तक्ष बहादुर शाह, शोडषा उमाविका प्रधानाध्यापक शिवराज जोशि, रेफ्रि बलेन्द्र शाह रहेका थिए ।

यस्तै जिल्ला खेलकुद विकास समिती कोषाध्यक्ष तपेन्द्र स्वार, रेडियो रामारोशनका समाचार प्रमुख कमल रावल, रेडियो जनप्रियका होम साउँद, रेडियो अछामका मेनुका ढुगाँना, जेसिज अछामका उपाध्यक्ष टिकेन्द्र, भण्डारी लगाएतका अथिती रहनु भएको थियो । प्रतियोगितामा सहभागि प्रथम, द्धितिय र तृतिय स्थान ओगट्न सफल खेलाडीलाई शिल्ड, कप, मेडल, प्रमाण र टिका ग्रहण गर्दै अथितीले आगामि दिनमा खेलाडीलाई अझै प्रगतिका लागि शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद विकास समिती अछामका कार्यालय प्रमुख मिन बहादुर बड्थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला