११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जनता आवास कार्यक्रमअन्तर्गत शुक्लाफाँटामा ४५ घर निर्माण

९ भाद्र २०७४, शुक्रबार ०८:११

भदौ ९, कञ्चनपुर। जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बसोबास गर्दै आएका दलित समुदायका ४५ वटा घर निर्माणको कार्य सम्पन्न भएको छ । 

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले यहाँ बसोबास गर्दै आएका दलित समुदायका घर निर्माणको कार्य गरेको हो । 

स्वीकृत डिजाइन र स्फेसिफिकेसनबमोजिम कार्यविधि २०७३ मा रहेका प्रावधान पालना गरी सर्भेक्षण फाराम भरेका दलित समुदाय घर निर्माणका लागि छनोटमा परेका ४९ मध्ये ४५ जनाको घर निर्माणको कार्य गरिएको निर्माण समितिका संयोजक पुष्कर महरले बताउनुभयो । 

“सर्भेक्षण फाराम भरेका कार्यविधिअनुसार घर निर्माणका लागि दलित समुदायका एकल महिला, अतिविपन्न, अपांगता र असहायलाई पहिलो प्राथमिकतामा राखी छनोट गरी घर निर्माणको कार्य गरिएको छ”, उहाँले भन्नुभयो । प्रत्येक घर निर्माणका लागि रु दुई लाख १५ हजार २३९ रकम खर्च गरिएको छ । 

जिल्ला समन्वय समिति कञ्चनपुरको गत पुस ३ गतेको निर्णयअनुसार यहाँका नौवटै स्थानीय तहमा घर निर्माणका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको थियो । कञ्चनपुरमा जनता आवास कार्यक्रमअन्तर्गत ५०० घर निर्माण भइरहेका छन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु