२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जनता आवास कार्यक्रमअन्तर्गत शुक्लाफाँटामा ४५ घर निर्माण

२०७४, ९ भाद्र शुक्रबार ०८:११

भदौ ९, कञ्चनपुर। जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बसोबास गर्दै आएका दलित समुदायका ४५ वटा घर निर्माणको कार्य सम्पन्न भएको छ । 

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले यहाँ बसोबास गर्दै आएका दलित समुदायका घर निर्माणको कार्य गरेको हो । 

स्वीकृत डिजाइन र स्फेसिफिकेसनबमोजिम कार्यविधि २०७३ मा रहेका प्रावधान पालना गरी सर्भेक्षण फाराम भरेका दलित समुदाय घर निर्माणका लागि छनोटमा परेका ४९ मध्ये ४५ जनाको घर निर्माणको कार्य गरिएको निर्माण समितिका संयोजक पुष्कर महरले बताउनुभयो । 

“सर्भेक्षण फाराम भरेका कार्यविधिअनुसार घर निर्माणका लागि दलित समुदायका एकल महिला, अतिविपन्न, अपांगता र असहायलाई पहिलो प्राथमिकतामा राखी छनोट गरी घर निर्माणको कार्य गरिएको छ”, उहाँले भन्नुभयो । प्रत्येक घर निर्माणका लागि रु दुई लाख १५ हजार २३९ रकम खर्च गरिएको छ । 

जिल्ला समन्वय समिति कञ्चनपुरको गत पुस ३ गतेको निर्णयअनुसार यहाँका नौवटै स्थानीय तहमा घर निर्माणका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको थियो । कञ्चनपुरमा जनता आवास कार्यक्रमअन्तर्गत ५०० घर निर्माण भइरहेका छन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस