पोखरा Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा
२३ मंसिर २०८२, सोमबार
कास्की - KSK

लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीको चार्टर नाइट

९ भाद्र २०७४, शुक्रबार ०८:३७

भदौ ९, पोखरा  लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीकोे चार्टर नाइट सम्पन्न भएको क्लब स्थापना भएको पाँच वर्ष पुरा गरी छैटौ वर्ष प्रवेशको अवसर पारेर चार्टर नाइट आयोजना गरेको हो
कार्यक्रममा बोल्दै पुर्व मलिटपल चियर पर्सन दिपक श्रेष्ठले आफु लायन्स क्लव अफ ३२५ बि को पहिलो डिष्ट्रिक गर्भनर हुदाँ स्थापना भएको क्ल्बले छोटो समयमानै डिष्ट्रिकमा विशेष स्थान बनाएको भन्दै प्रशंसा गरे डिष्ट्रिकका महत्वपुर्ण कार्यक्रम होष्ट गरेर आफ्नो उपस्थिती दह्रो बनाएको सिर्जना चौतारी सामाजीक कार्यमा पनि उत्कृष्ट रहेको श्रेष्ठले बताए

कार्यक्रममा बोल्दै को चिप एडभाइजर विशेश्वर आचार्य, कलष्टर हेड दुर्गाप्रसाद हुमागाई, एओजीद्धय पदमबन्धु पोखरेल किशोर बराल, रिजन चियर पर्सनद्धय मिलन थापा बाबुराम गिरी, जोन चियर पर्सन शारदा शर्माले लायन्स क्लब अफ सिर्जना चौतारीले लायन्स क्षेत्रमा आफ्नो उपस्थिती महत्वपुर्ण रहेको काम गरेरै प्रमाणीत गर्न सफल बनेको बताए उनीहरुले आगामी दिनमा समेत क्लवको छवी उच्च राख्न सफल रहोस् भनी शुभकामना दिए

लायन्स क्लव अफ सिर्जना चौतारीका अध्यक्ष कलाधर बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष एवंम डिष्ट्रिकका वृक्षारोपण कमिटि चियर पर्सन बालकृष्ण बराल, निवर्तमान अध्यक्ष एवं जोन चियर पर्सन बसन्त गिरी, प्रथम उपाध्यक्ष जित बहादुर थापा गोपाल, द्धितिय उपाध्यक्ष जीवन गोर्खाली, सचिव विष्णु गौतम लगायतले बोलेका थिए

कार्यक्रममा निवर्तमान अध्यक्ष बसन्त गिरी आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने क्लबका पदाधिकारी सदस्यलाई सम्मान गरे गिरीले लायन्स अफ दि इयर एवार्डबाट जित बहादुर थापा गोपाललाई सम्मान गरे अन्य पदाधिकारी सदस्यलाइ मायाको चिनो प्रदान गरी हौसला प्रदान गरे

सन् २०१२÷०१३ मा ३३ जना सदस्यबाट सुरु भएको क्लबमा हाल ५० जना सदस्य छन् हाल कलाधर बाँस्तोलाले नेतृत्व गरेको क्लबवलाई बालकृष्ण बराल, विष्णु प्रसाद तिमिल्सिना, विना गुरुङ बसन्त गिरी नेतृत्वको टिमले आफ्नो कार्यकाल मार्फत क्लबको गरिमा उच्च बनाउन सफल भएका थिए यो अवधिमा सिर्जना चौतारीले पाँचवटा क्लव स्पोन्सर गरिसकेको

लायन्स क्लव अफ फेवा वेगनास चौतारी, लायन्स क्लव अफ विरौटा साझा चौतारी, लायन्स क्लब अफ युनिटि चौतारी, लायन्स क्लव अफ युनिक चौतारी लायन्स क्लव अफ सफल चौतारी गरी पाँच क्लब लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीले स्पोन्सर गरेका क्लब हुन्

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो